क्यानडामाथि क्रोएसियाको सानदार जित, बाहिरियो क्यानडा

Read Time:2 Minute

लागतार दोस्रो पराजय बेहोरेपछि क्यानडा विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ। समूह एफको दोस्रो खेलमा आइतबार राति क्रोएसियासँग ४–१ले पराजित भएपछि क्यानडा प्रतियागिताबाट बाहिरिएको थियो।

यो सानदार जितसँगै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ। क्रोएसिया र मोरक्कोको समान ४ अंक भएपछि गोलअन्तरका आधारमा क्रोएसिया शीर्ष स्थानमा छ। ३ अंक जोडेको बेल्जियम तेस्रो स्थानमा छ भने क्यानडा अंक बिहीन छ। अब अन्तिम खेलमा क्रोएसिया र बेल्जियम तथा मोरक्को र क्यानडा खेल्ने छन्। मोरक्को र क्रोएसियालाई नकआउट पुग्न बराबरी काफी छ ।

यता, बेल्जियमलाई निश्चित जित । बराबरीले पनि पुग्ने सम्भानाव त रहन्छ, तर अर्को खेलमा मोरक्को पनि क्यानडासँग पराजित हुनुपर्नेछ।

आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै क्रोएसियाले ४–१को जित निकालेको हो। उसका लागि आन्द्रे क्रामारिचले २ गोल गर्दा लोभरो मेजर र मार्कोलिभाजाले पनि गोल गरे। क्यानडाका लागि अल्फन्सो डेभिसले गोल गरे।

खेलको दोस्रो मिनेटमै अल्पोन्सो डेभिसको गोलमा क्यानडाले अग्रता लियो । यो क्यानडाका लागि विश्वकपको पहिलो गोल थियो । तर, इभान पेरिसिचको पासमा ३६ औं मिनेटमा क्रामारिकले बराबरी गोल फर्काए।

४४ औं मिनेटमा मार्को लिभाजाले गोल गर्दै पहिलो हाफमै क्रोएसियालाई अग्रता दिलए। क्रामारिचले ७०औं मिनेटमा पेरिसिचकै पासमा व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी टाइममा लोभरो मेजरले गोल गरेपछि क्रोएसियाले ४–१ जित निकाल्यो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जर्मनी र स्पेपनले खेले बराबरी, रोमाञ्चक बन्यो समीकरण
Next post नेमारविनै स्वीट्जरल्यान्डसँग भिड्दै ब्राजिल
Close