प्रतिष्ठाकाे लडाइँमा क्राेएसिया र माेरक्काे

Read Time:1 Minute

कतार विश्वकपमा आज तेस्रो स्थानमा लागि खेल हुँदै छ। खलिफा स्टेडियममा राति ८ः४५मा हुने खेलमा सेमिफाइनलमा पराजित क्रोएसिया र मोरक्को भिड्ने छन्।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–०ले पराजित भएको थियो पहिलो पटक सेमिफाइनलमा यात्रा तय गरेको मोरक्को फ्रान्ससँग २–०ले पारजित भएको थियो।

यो खेल दुवैका लागि प्रतिष्ठाको लडाइँ हुनेछ। दुवै टिम जितका साथ प्रतियोगिताको अन्त्यमा गर्ने लक्ष्यमा हुनेछन्।

क्रोएसिया र मोरक्को प्रतियोगितामा दोस्रो पटक भीड्न लागेका हुन्। समूह एफ रहेका यी दुई बीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो। मोरक्को समूह विजेता र क्रोएसिया उपविजेताका रुपमा नकआउट पुगेका थिए।

यो खेलमा दुवै टिमको स्टार्टिङ लाइनअपमा परिवर्तन हुन सक्नेछन्। दुवै टिमले नयाँ खेलाडीलाई मौका दिनेछन्।

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %
Previous post यू–१४ टेनिसमा स्वस्तिका र शिभालीको जोडी च्याम्पियन
Next post २०२६को विश्वकपमा ४८ राष्ट्र, समूहमा तीन टिम
Close