
इंग्ल्यान्ड र नेदरल्यान्ड्सको निराशाजनक बराबरी
कतारमा जारी २२औं संस्करणको विश्वकपमा इंग्ल्यान्ड र नेदरल्यान्ड्सले निराशाजनक बराबरी खेलेका छन्। शुक्रबार राति भएका खेलमा इंग्ल्यान्डले अमेरिकासँग र नेदरल्यान्ड्सले इक्वेडरसँग बराबरी खेलेका हुन्।
पहिलो खेलमा इरानमाथि ६–२ को सानदार जित निकालेको इंग्ल्यान्डले अल खोरस्थित अल बायत रंगशालामा अमेरिकाविरुद्ध भने निक्कै कमाजोर प्रदर्शन गऱ्यो। खेलमा अमेरिकाले दबाब बनाएको थिाये।
खेलमा अमेरिकाले केही सुन्दर अवनसर सिर्जना गरेपनि गोल भने गर्न सकेन । खेलमा ५६ प्रतिशत बल पोजेसन बनाएको इंग्ल्यान्डले ८ सट प्रहार गर्दा ३ सट फ्रेमा थियो । यता, अमेरिकाले १० सट प्रहार गर्दा १ सट फ्रेममा थियो।
इंग्ल्यान्डले अब समूह चरण पार गर्नको लागि वेल्ससँग खेल्ने छ भने अमेरिकाले इरानको सामना गर्ने छ ।
यस्तै, समूह एको खेलमा नेदरल्यान्डसले सुरुआती अग्रता जोगाउन नसक्दा इक्वेडरसँग १–१ को बराबरी खेल्यो । खेलको चौथो मिनेटमा एडम गाप्कोको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएको थियो। ४९औं मिनेटमा इनर भ्यालेन्सियाले बराबरी गोल फर्काएका थिए। भ्यालेन्सियाको यो प्रतियोगितामा तेस्रो गोल हो । यसअघि उनले कतारविरद्ध २ गोल गरेका थिए।
योबरारबीसँगै नेदरल्यान्ड्स एकखेल अगावै नकआउट चरण पुग्न असफल भयो । उसले पहिलो खेलमा सेनेगल र इक्वेडरले कतरालाई हराएको थियो। अब नेदरल्यान्ड्सले अन्तिम खेलमा आयोजक कतारसँग र इक्वेडरले सेनेगलसँग खेल्नेछन्।