सेनेगलमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

Read Time:1 Minute

इंग्ल्यान्ड कतार विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा अफ्रिकन च्याम्पियन सेनेगलमाथि ३–० को सानदार जित निकाल्दै इंग्ल्यान्डले क्वार्टरफाइलनमा स्थान पक्का गरेको हो।

इंग्ल्यान्डको जितमा ह्यारी केन, जोर्डन हेन्डर्सन र बुकायो साकाले गोल गरे। इंग्ल्यान्डले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

जोर्डन हेन्डर्सनको गोलमा ३८ औं मिनेटमा इंग्ल्यान्डले सुरुआती अग्रता लियो। उनले यो गोल जुडे बेलिङघमको पासमा गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा ह्यारी केनले फिल फोडेनको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

५७ मिनेटमा बुकायो साकाले पनि फोडेनकै पासलाई सदुपयोग गर्दै गोल गरेपछि इंग्ल्यानड विजयी भयो।

योसँगै इंग्ल्यान्ड १०औं पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भयो। यता, सेनेगलले विश्वकपका कुनै पनि खेलमा ३ गोल खाएको यो दोस्रो पटक मात्र हो । यसअघि उसले सन् २००२मा समूह रचणमा उरुग्वेसँग ३–३को बराबरी खेलेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एम्बाप्पे चम्किँदा पोल्यान्डमाथि फ्रान्सको सानदार जित
Next post गोल्डेन बुटमा एम्बाप्पेको दाबेदारी, कसले दिन्छ चुनाैति ?
Close