सेनेगलले पन्छाउला इंग्ल्यान्डको चुनौती?

Read Time:2 Minute

कतार विश्वकपको अन्तिम १६को चौथो खेलमा गेराथ साउथ गेटको टिम इंग्ल्यान्डले अफ्रिकन पावर हाउस सेनेगलको समाना गर्दै छ। यो खेल अल बायत स्टेडियममा आज राति १२ः४५ बजे हुने।

सधैं उत्कृष्ट खेलाडीको भीड हुने इंग्ल्यान्डले विश्वकपमा त्यसअनुसारको प्रदर्शन भने गर्न सकेको छैन। ५६ वर्ष उपाधि जित्ने लक्ष्यसहित कतार पुगेको इंग्ल्यान्डका लागि नकआउटको पहिलो खेलमा सेनेगललाई पन्छाउनु पर्ने छ।

इंग्ल्यान्ड समूह बीको विजेता र सेनेगल समूह एको उपविजेताका रुपमा अन्तिम १६ पुगेका हुन्।

इंग्ल्यान्डलाई ५६ वर्षपछि च्याम्पियन बनाउने यात्रामा ह्यारी केन, रहिम स्टर्लिङ, मार्कस रास्फोर्ड, फिल फोडेन, ज्याक ग्रिलिस, जोन्स स्टोन्सलगायत महत्वपूर्ण छन्।

यता, आफ्नो स्टार खेलाडी साडियो माने विश्वकपको ठीक अघि घाइते भएपछि दबाबमा आएको सेनेगलका लागि कप्तान कालिडोउ कोलिबाली, इस्माइल सार, इबडोउ डालियोलगायत महत्वपूर्ण छन्। उसलाई इद्रिसा गुएको सस्पेन्सन भने महँगो पर्न सक्छ।

फिफा वरियतामा सनेगेल इंग्ल्यान्डभन्दा १३ स्थान तल भएपनि साउथगेट उसलाई कमजोर मान्ने पक्षमा छैनन। वरियताका आफूहरुलाई फाइदा भए पनि सेनेगल खतरनाक भएको मान्छन् साउथगेट ।

दुई दशकअघि विश्वकप डेब्युमै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई १–० ले स्तब्ध पार्दै सनसनी मच्चाएको सेनेगल टिमका हिरो हुन् एलिउ सिसे । तिनै सिसेको नेतृत्वमा रहेको सेनेगल २० वर्षप्छि विश्वकपको नकआउटमा पुगेको छ। तर, सिसे इंग्ल्यान्डविरुद्धको खेलमा टचलाइनमा नदेखिन सक्छन् । विरामी भएकाले उनी प्रिम्याच कन्फ्रेन्समा पनि उपस्थित भएनन्।

यी दुई विश्वकपमा अहिलेसम्म भिडेका छैनन् । तर, उनीहरुको प्रदर्शनका आधारमा इंग्ल्यान्ड सहज अवस्टामा छ। तर, ऊ फुटबलमा जे पनि हुन्छ भन्ने तथ्यबाट सचेत छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालको खराब ब्याटिङ, स्कटल्यान्डलाई दियो १३८ रनको झिनो लक्ष्य
Next post दक्षिण कोरियाविरुद्ध नेमार खेल्ने !
Close