
विश्वकपका फाइनलिस्ट : सर्वाधिक फाइनल खेल्ने जर्मनी, अभागी नेदरल्यान्ड्स
विश्वकप फुटबलको २२औं संस्करण आजबाट सकिँदै छ। आज राति ८:४५ बजे लुसेल रंगशलामा हुने अर्जेन्टिना र फ्रान्सबीचको खेलसँगै कतार विश्वकप सकिँदैछ।
विश्वकपको २२औं संस्करणसम्म आइपुग्दा अहिलेसम्म १३ देशले विश्वकप फाइनल खेलेका छन्। जसमध्ये जर्मनीले सर्वाधिक ८ फाइनल खलेको छ। जसमा उसले समान ४ जित र ४ हारको सामाना गरेको छ।
उसले १९५४, १९७४, १९८० र २०१४मा उपाधि जित्दा १९६६, १९८२, १९८६ र २००२मा उ उपविजेतामै सीमित भएको थियो।
यस्तै, ७ पटक फाइनल खेलेको ब्राजिलले सर्वाधिक ५ उपाधि जितेको छ। ब्रजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा उपाधि जित्दा सन् १९५० र १९९८मा उ उपाधिबाट बन्चित भएको थियो।

यता, ६ पटक फाइनल पुगेको इटालीले १९३४, १९३८, १९८२ र २००६मा उपाधि जित्दा सन् १९७० र १९९४ मा भने पराजित भएको थियो। यो पटकको फाइनलिस्ट अर्जेन्टिनाले यसअघि ५ फाइखल खेलेको छ । जसमध्ये २ पटक च्याम्पियन भन्दा ३ पटक भने पारजित भएको छ । उसले सन् १८७८ र १९८६मा उपाधि जित्दा सन् १९३०, १९९० र २०१४मा उपविजेता बनेको थियो।
यो पटकको अर्को फाइनलिस्ट फ्रान्सले ३ पटक फाइलन खेल्दा दुई उपाधि जितेको छ। उसले सन् १९९८ र २०१८मा उपाधि जित्दा २००६मा पराजित भएको थियो। यस्तै उरुग्वे २ पटक फाइनल पुगेर दुवै पटक उपाधि जित्ने एक्लो टिम हो। उसले सन् १९३० र १९५०मा उपाधि जितेको थियो।

यता, नेदरल्यान्ड्स भने विश्वकपमा अभागी टीम हो । उसले ३ पटक फाइनल खेल्दा पनि उपाधि जित्न सकेको छैन । ऊ सन् १९७४, १९७८ र २०१०मा फाइनल पुगेको थियो। यस्तै, चेकोस्लोभाकिया र हंगेरीले २ पटक फाइनल खेल्दा पनि उपाधि जित्न सकेका छैनन्। चोकोस्लोभाकियाले सन् १९३४ र १९६२ तथा हंगेरीले १९३८ र १९५४मा फाइनल खेलेका थिए।
इंग्ल्यान्ड, स्पेन, स्वीडेन र क्रोएसिया एक–एक पटक मात्र फाइनल पुगेका छन्। जसमध्ये इंग्ल्यान्ड (१९६६) र स्पेन (२०१०)ले उपाधि जित्दा स्वीडेन (१९५८) र क्रोएसिया (२०१८) उपविजेतामै सीमित छन्।