
विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाको भीडन्त
कतार विश्वकपको उपाधिका डिफेन्डिङ च्याम्यिन फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोमाथि २–०को जित निकाल्दैसँगै उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीचको भेट पक्का भएको हो।
योसँगै विश्वकपले यो पटक पनि नयाँ विजेता नपाउने पक्का भएको छ। फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा छ भने अर्जेन्टिना २६ वर्ष पनि उपाधि घर ल्याउने अभियानमा छ।

अर्जेन्टिना क्रोएसियालाई ३–०ले हराउँदै फाइनल पुगेको हो। फाइनल यत्रामा दुवै टिम १ खेलमा पराजित भएका छन्। अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग २–१ले पराजित भएको थियो फ्रान्स समूहको अन्तिम खेलमा ट्यिुनिसियासँग १–०ले पराजित भएको थियो।
सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनै पनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । फ्रान्सका लागि यसपल्ट त्यो अवसर हुनेछ ।
फाइनल खेल आइतबार नेपाली समयअनुसार साँझ पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।