इंग्लिस डिफेन्सले लगाउला एम्बाप्पेको स्पिडमा ब्रेक ?

Read Time:4 Minute

डिफेन्डिङ च्याम्पियन फ्रान्सले क्वाटरफाइनलमा शनिबार प्रतिस्पर्धा आक्रामक टिमका रुपमा परिचय स्थापित गरेको इंग्ल्यान्डसँग खेल्दैछ । यो खेल अल बायत स्टेडियममा राति १२ ः३४ बजे हुनेछ।

सन् १९८२ यता ठूलो प्रतियोगितामा भेट नभएका यी दुई टोलीको यो भीडन्त कतार विश्वकपको फाइलन सरह नै हुने आम फुटबलप्रेमीको अपेक्षा छ। किनभने दुवै टिममा स्टार खेलाडीको बाहुल्यता छ। र, दुवै टिम तिव्र गतिमा फुटबल खेल्न रुचाउँछन्।

इंग्ल्यान्ड लामो समयपछि च्याम्पियन बन्ने लक्ष्यमा छ भने फ्रान्स उपाधि रक्षा गर्न चाहन्छ । फ्रान्सको उपाधि रक्षा अभियानको सबैभन्दा ठूला स्टार हुन्, किलियन एम्बाप्पे । सन् २०१८मै मुख्य खेलाडी रहेका २३ वर्षीय एम्बाप्पे यो पटक अझ माझिएका छन्, परिपक्व बनेका छन्।

त्यसैले झण्डै दुई ४ दशकपछि उपाधि जित्ने योजना सफल बनाउने हो भने इंग्ल्यान्डले एम्बाप्पेको स्पिडमा ब्रेक लगाउनुपर्ने छ। प्रतियोगितामा ४ खेल ५ गोल गरेका एम्बाप्पेको स्पिडलाई रोक्न इंग्लिस डिफेन्डरलाई त्यति सहज हुने छैन। एम्बाप्पेलाई रोक्ने जिम्ममा कायल वाकरले पाउने छन्, त्यसमा उनी सफल भए त्यो टिमका लागि उपलब्धि मुलक हुनेछ।

सन् १९८२ मा पछिल्लो पटक विश्वकपमा आमनेसामने हुँदा फ्रान्स फेरि एक पटक ३–१ को नतिजामा पराजित भएको थियो। तर, सन् १९९७ यता आठ पटक इङ्ल्यान्डसको सामना गर्दा फ्रान्स एक खेल मात्र पराजित भएको छ। त्यसबाहेक पाँच खेलमा जित र दुई खेलमा बराबरी खेलेको छ। यी दुई टिमबीच अन्तिम भेट सन् २०१७ मा मैत्रीपूर्ण खेलका क्रममा भेट भएको थियो। त्यो खेलमा ३–२ ले फ्रान्स विजयी भएको थियो।

कतारमा इङ्ल्यान्ड आक्रमण प्रभावशाली छ। गेराथ साउथगेटको टिमले कतारमा खेलेका चारमध्ये तीन खेलमा १२ गोल गरेको छ। इरान, वेल्स र सेनेगलविरुद्ध इङ्ल्यान्डले कम्तीमा तीन गोल गरेको थियो। समूह चरणमा अमेरिकासँग गोलरहित बराबरीमा अल्झिएको इङ्ल्यान्डका लागि अन्तिम १६ मा सेनेगलविरुद्ध जोर्डन हेन्डरसन, बुकायो साका र ह्यारिकेनले गोल गरेका थिए।

इङ्ल्यान्डको आक्रमण मात्रै होइन, रक्षापंक्ति पनि बलियो देखिएको छ। पहिलो खेलमा इरानविरुद्ध ६–२ को नतिजा निकालेको इङ्ल्यान्डले त्यसयताका खेलमा गोल खाएको छैन। गोलकिपर जोर्डन पिकफोर्डको डिफेन्डर ह्यारी मग्वाएर र जोन स्टोन्ससँग सन्तुलन उत्कृष्ट छ।

चार वर्षअघि च्याम्पियन बनेको फ्रान्स सेमिफाइनलमा पुग्न चाहन्छ। अन्तिम आठमा पुग्दासम्म डिडियर डेस्च्याम्पको टिम सर्वाधिक ७५ प्रहार गर्ने टिम हो। उत्कृष्ट लयमा रहेका किलियान एम्बाप्पे इङ्ल्यान्डविरुद्ध पनि गोलको खोजीमा हुनेछन्।

एन्टोइन ग्रिजम्यान र ओस्माने डेम्बेलेको उत्कृष्ट सहयोग पाइरहेका २३ वर्षीय एम्बाप्पे इङ्लिस टिमका लागि सबैभन्दा चिन्ताको विषय हुन्। डस्च्याम्पको टिम सन् २००६ मा ब्राजिलपछि क्वार्टरफाइनलमा पुग्ने पहिलो साबिक विजेता बनिसकेको छ।

अर्कातिर साउथगेट दुई इङ्ल्यान्डलाई दुई पटक सेमिफाइनल पुर्‍याउने पहिलो प्रशिक्षक बन्ने होडमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इतिहास बनाउँदै गरेको मोरोक्काेले पोर्चुगललाई रोक्न सक्ला ?
Next post मोरक्कोविरुद्ध पनि रोनाल्डो बेन्चमै
Close