
मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा
डिफेन्डिङ च्याम्पियन फ्रान्स कतार विश्वकपको फाइनलमा पुगेको छ। बुधबार लागि अल बायत रंगशालामा भएको खेलमा पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोमाथि २–०को जित निकाल्दै फ्रान्स फाइनलमा पुगेको हो।
अब उसले उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने छ। अर्जेन्टिना क्रोएसियालाई ३–०ले हराउँदे फाइनल पुगेको हो।
फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेस रान्दल कोलो मुवानीले गोल गरे। फ्रान्सले दुवै हाफमा गोल गरेका थियो। पाँचौँ मिनेटमा गोल हर्नान्डेसको गोल फ्रान्सले अग्रता लियो । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आएको बलमा भली गोल गरेका थिए। प्रतियोगितामा मोरक्कोको पोस्टमा विपक्षीले गरेको पहिलो गोल थियो।
पहिलो हाफमा १–०ले पछि परेको मोरक्को दोस्रो उत्कृष्ट खेल खेल्यो। उसले फ्रान्सलाई दबाबमा राख्दै गोलका थुप्रै अवसर सिर्जना ग¥यो । तर, फिनिङमा चुक्यो।
७९औँ मिनेटमा मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए। उनले एम्बाप्पेको पासमा उनले मैदान प्रवेश गरेको एकमिनेट नवित्दै गोल गरेका थिए।
सन् १९९८ यता फ्रान्सको यो चौथो फाइनल यत्रा हो। यता, मोरक्कोको विश्वकपमा ६ खेलदेखिको अपराजित यत्रामा पूर्णविराम राखेको छ। ऊ सन् २०१८मा पोर्चुगलसँग १–०ले पराजित भएयता अपराजित थियो । त्यसबीचमा उसले ३ जित र ३ बराबरी खेलेको थियो।