जिरुडाको गोलमा पहिलो हाफमा फ्रान्सलाई अग्रता, पोल्यान्डले कमब्याक गर्ला ?

Read Time:1 Minute

कतारमा जारी विश्वकपअन्तर्गत अन्तिम १६मा फ्रान्सले पोल्यान्डविरुद्ध पहिलो हाफमा १–०को अग्रता लिएको छ। अल थुमाम स्टेडियममा जारी खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई ओलिभर जिरुडले अग्रता दिलाए।

उनले खेलको ४४औं मिनेटमा डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गरेका थिए। जिरुडलाई किलियन एम्बाप्पे पास निकालेका थिए।

खेलमा १ गोलले पछि परेपछि पोल्यान्डले पनि फ्रान्समाथि दबाब दिइरहेको छ। उसले पहिलो हाफमा गोल २ सन्दुर अवसर सिर्जना गरेको थियो । एउटा प्रहार हुगो लेरिसले बचाउँदा अर्को राफेल भरानले गोललाइनबाट बचाए ।

यस्तै, ओलिभर जिरुडले पनि गोलको सुन्दर अवसर खेर फाले । उनले उसमान डेम्बेलेको क्रसमा किपर बिट भइसकेको अवस्थामा बललाई पोस्टको दिशा दिनसकेनन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जिरुडले तोडे थिएरी हेनरीको रोकर्ड
Next post एम्बाप्पे चम्किँदा पोल्यान्डमाथि फ्रान्सको सानदार जित
Close