
ब्राजिललाई धक्का, विश्वकपबाट बाहिरिए ब्राजिलियन स्ट्राइकर जेसुस
कतार विश्वकपको सबैभन्दा ठूलो दाबेदार ब्राजिललाई २ दशकपिछ उपाधि जित्ने अभियानमा ठूलो धक्का लागेको छ। आफ्ना स्टार खेलाडीलाई चोटका कारण गुमाइसकेको ब्राजिलले अर्का स्टार स्ट्राइकर पनि गुमाएको छ।
समूहको अन्तिम खेलमा क्यामरुनविरुद्धको खेलमा स्टार्टिङ गरेका ग्याब्रिअल जेसुसले विश्वकपका बाँकी खेल गुमाएउने भएका छन्। क्यामरुनविरुद्ध ६४ मिनेट मैदानमा बिताएका जेसुसले घुँडाको चोटका कारण विश्वकप गुमाएका हुन्।

क्यानरुनविरुद्धको खेलका क्रममा दाँया घुँडामा दुखाइृ महसुस गरेका जेसुसको शनिबार स्क्यान गरिएको छ। सो स्क्यानपछि उनी कम्तिमा ३–४ साता मैदान बाहिर रहने पक्का भएको हो।
योसँगै जेसुसले विश्वकप लगत्तै सुरु हुने प्रिमियर लिगका केही खेल पनि गुमाउने छन्। आफ्नो मुख्य स्ट्राइकर घाइते भएपछि आर्सनल र प्रशिक्षक मिकेल अर्टेटालाई केही तनाव भएको छ। यो सिजन आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा छ।

क्यामरुनविरुद्धकै खेलमा डिफेन्डर एलेक्स टेलेसेले पनि चोटकै कारण मैदान छाडेका थिए। उनले पनि सम्भवत विश्वकप गुमाउने छन्। थप परीक्षण पछि टेलेसले खेल्ने नखेल्ने विषयमा थाहा हुने बताइएको छ।