
कोस्टारिकाविरुद्ध खेल्दा दबाबमा जर्मनी, नकआउट सम्भावना कति ?
समूह ईबाट नकआउट चरण पुग्ने दुई टिमको टुंगो आज लाग्ने छन्। कोस्टारिका, जर्मनीसँगै जापान र स्पेन रहेको यो समूहमा चारै टिमको नकआउट पुग्ने सम्भावना छ।
यो समूहमा ४ अंक जोडेको स्पेन शीर्ष स्थानमा रहँदा समान ३ अंक जोडेका जापान र कोस्टारिका दोस्रो र तेस्रो स्थानमा छन् । यता, जर्मनी भने १ अंक जोड्दै पुछारमा छ।
यो समूहको अन्तिम खेलमा जर्मनीले कोस्टारिकाको सामाना गर्दा स्पेनले जर्मनीको सामना गर्ने छ।
सहजै नकआउट पुग्ने अपेक्षा गरिएको जर्मनी अहिले सबैभन्दा बढी दबाबमा छ। र, लागातार दोस्रो पटक समूह चरणबाटै बाहिरिने संघारमा छ।
नकआउट पुग्न उसलाई कोस्टारिकाविरुद्ध निश्चित जित चाहिएको छ। र, अर्को खेलमा आफू अनुकुलको नतिजाको पनि प्रतिक्षा गर्नुपर्ने छ। यदि खेल बराबरीमा सकिए जर्मनी बाहिरिने छ भने कोस्टारिका या जापान र स्पेन नकआउटमा पुग्ने छन्।
समूहको पहिलो खेलमा जापानसँग अप्रत्यसासित रुपमा २–१ले पराजित भएपछि जर्मनी दबाबमा परेको थियो । अर्को खेलमा स्पेनसँग बराबरीमा रोकिएको उसको कोस्टारिकाले जापानलाई हराएपछि नकआउट सम्भावना जीवितै रहेको थियो।
आजको खेलमा जर्मनीले स्टार्टिङ लाइनअपमा केही परिवर्तन गर्न सक्नेछ। उसले लिरोए साने र निक्लस फुलक्रुगलाई सुरुआतमै खेलाउन सक्ने छन् । किनभने यी दुई दोस्रो हाफमा मैदान छिरेपछि नै स्पेन विरुद्ध जमर्नको खेल परिवर्तन भएको थियो।
जर्मनीलाई हराउनसके २०१४ पछि नकआउट पुग्ने भएकाले पनि कोस्टारिका र जर्मनीको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । स्टार खेलाडी नभएपनि टिम गेम खेल्दै जर्मनीलाई दबाब दिने उसको योजना हुने छ।