दक्षिण कोरियामाथि घानाको रोमाञ्चक जित

Read Time:2 Minute

कतारमा जारी विश्वकपमा घानाले पहिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा घानाले दक्षिण कोरियामाथि ३–२को रोमाञ्चक जित निकाल्यो।

यो जितसँगै घानाको नकआउट चरण पुग्ने सम्भावना कायमै छ। अब उसले अन्तिम खेलमा उरुग्वेविरुद्ध अंक जोड्न सके उ नकआउट पुग्न सक्ने छ। यता, दुई खेलमा १ अंक मात्र जोडेको कोरियाको भने नकआउट सम्भावना कमजोर बनेको छ।

अन्तिम खेलमा पोर्चुगललाई हराउन सके मात्र उसको सम्भावना बाँकी रहन्छ ।

खेलका घानाका मोहम्मद कुडुसले २ गोल गरे भने अर्को गोल मोहम्मद सलिसुले गरे। कोरियाका लागि दुवै गोल चो गुइ सुनले गोल गरेका थिए।

२४औं मिनेृटमा सलिसुको गोलमा घानाले अग्रता लियो । ३४औं मिनेटमा कुडुसले घानाको अग्रता दोब्बर बनाए । दुवै गोलमा जोर्डन अयुले असिस्ट गरेका थिए।

पहिलो हाफमा २ गोलले पछि परेको कोरियाले ३ मिनेट अन्तरमा दुई गोल गर्दै खेलमा फर्किने प्रयास ग¥यो । उसका लागि सुङले ५८ र ६१औं मिनेटमा गोल गरेका थिए।

६८औैं मिनेटमा कुडुसले पुनः घानालाई अग्रता दिलाए । त्यसपछि घानामाटि पूर्ण रुपमा दबाब बनाएको कोरियाले गोलका थुप्रे असवर सिर्जना ग¥यो, तर गोल भने गर्न सकेन ।

उसले ६४ प्रतिशत बल पोजेसन बनाउँदै २२ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो । यता, घानाले ७ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
Previous post यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको लागतार चौथो जित, प्रदेश १ को विशाल हार
Next post स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउटमा (भिडियाेसहित)
Close