लोरिसले बनाए कीर्तिमान

Read Time:1 Minute

अल थुमाम स्टेलियममा पोल्यान्डविरुद्ध मैदानमा उत्रँदै फ्रान्सका कप्तान हुगो लेसिसले नयाँ कीर्तिमान बनाएका छन्। अन्तिम १६ यो खेलसँगै उनले फ्रान्सका सर्वाधिक खेल खेल्ने लिलियन थुरामको कीर्तिमान बराबरी गरेका छन्।

खेलअघि फ्रान्सको कप्तानसमेत रहेका गोलकिपर लोरिसले यो उपलब्धि आफ्ना लागि निकै ठूलो भएको बताएका छन् । उनले भनेका छन्, ‘यो कुनै सानो उपलब्धि होइन, यो तथ्यांकलाई लिएर म निकै सम्मानित छु र गर्व गर्दछु, विश्वकपमा अन्तिम १६ को खेल खेल्नुपर्ने भएकाले अहिलेलाई यो उपलब्धि दोस्रो प्राथमिकतामा छ।’

पोल्यान्डसँगको खेल लोरिसको १४२ औं खेल हो। यसै महिना ३६ वर्ष लाग्ने लोरिसले थुरामले संन्यास लिएको केही समयपछि २००८ को नोभेम्बरमा फ्रान्सबाट ‘डेब्यु’ गरेका थिए ।

तर, उनले उपलब्धिलाई भन्दा पोल्यान्डविरुद्धको खेलमा आफू केन्दित भएको बताएका छन्। विश्वकप सकिएपछि मात्र व्यक्तिगत सफलता र कीर्तिमानमा ध्यान लगाउने दिने बताएका छन् ।

लोरिसकै कप्तानीमा सन् २०१८मा फ्रान्सले विश्वकप उपाधि जितेको थियो। त्यो उपाधि फेरि घरमै राख्ने जिम्मेवारी पनि उनै लोरिसको काँधमा छ।

Happy
Happy
52 %
Sad
Sad
6 %
Excited
Excited
27 %
Sleepy
Sleepy
0 %
Angry
Angry
3 %
Surprise
Surprise
12 %
Previous post ब्याटिङ नचल्दा स्कटल्यान्डसँग हार्‍यो नेपाल, ओडिआई स्टाटस जोखिममा
Next post भारतमाथि बंगलादेशको सानदार जित
Close