
जापानले गुमायो सहजै नकआउट पुग्ने अवसर, कोस्टारिकासँग १–० ले पराजित
बालियो जर्मनीमाथि सनसनीपूर्ण जित निकाल्दै विश्वकपको सुरुआत गरेको जापानले एक खेल अगावै नकआउट चरण पुग्ने अवसर गुमाएको छ। प्रतियोगितामा कमजोर सुरुआत गरेको कोस्टारिकासँग १–०ले पराजित भएपछि जापनले सहज रुपमा नकआउट पुग्ने अवसर गुमाएको छ।
यो हारसँगै समूह ईबाट नकआउट पुग्न जापानलाई अन्तिम खेलमा बलियो स्पेनविरुद्ध अंक जोड्नै पर्ने बाध्यता छ । स्पेनविरुद्ध जित निकाले अन्तिम १६ निश्चित हुने छ भने बराबरी हुँदा अन्यखेलको नतिजा कुर्नुपर्नेछ।
जापानविरुद्धको जितले कोस्टारिकाको पनि नकआउट पुग्ने सम्भावना कायमै छ । अब उसले अन्तिम खेलमा जर्मनीसँग खेल्ने छ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ८१औं मिनेटमा केशर फुलरले उत्कृष्ट गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा कोस्टारिका विजयी भयो । जो जितसँगै उसले स्पेनसँग बेहोरोको ७–०को नमीठो हार बिर्सने प्रयास गरेको छ।