
क्रोएसियालाई हराउँदै पहिलो पटक क्वार्टरफाइनल पुग्ला जापान ?
कतारमा सनसनपूर्ण प्रदर्शन गर्दै अन्तिम १६मा स्थान बनाएको जापान पहिलो पटक क्वार्टरफाइनल पुग्ने योजनामा छ। विश्वकप इतिहासमा पहिलो पटक क्वार्टरफाइनल पुग्न उसले रुस विश्वकपको फाइनलिस्ट क्रोएसियाको चुनौती पन्छाउनु पर्ने छ।
क्रोएसियाविरुद्ध राति पौने ९ बजे अल जानोब स्टेडियममा मैदान उत्रँदा समूह चरणकै प्रदर्शन दोहो¥यान चाहन्छ जापान । तर, उसलाई क्रोएसियालाई हराउँदै पहिलो पटक क्वार्टरफाइनल पुग्न त्यति सहज भने हुनेछैन।

किनभने क्रोएसियासँग विश्स्तरीय खेलाडी छन्। जसको नेतृत्व मिडफिल्डका वादशाह लुका मोड्रिचले गर्दै छन्। उनलाई मिडफिल्डमा कोभासिज र ब्रोजोभिचले साथ दिँदा अट्याक्कलाई क्रमारिच, इभान पेरेसिचलगायतका धारिलो बनाउने छन्।
टिम गेम खेलिरहेको जापानका लागि टाकेफुसा बुको, रिट्सु डोना, ओ टानकालगायत महत्वपूर्ण छन्।
जापान र क्रोएसिया अन्तर्राष्ट्रिय फुटबलमा तेस्रोपटक भिड्न लागेका हुन्। पछिल्ला द्ई खेलयता जापानले क्रोएसियालाई हराउन सकेको छैन। सन् १९९७ मा भएको भिडन्तमा जापान ४-३ गोलले विजयी भएको थियो। अन्तिमपटक सन् २००६ को विश्वकपमा यी दुई टोली समूहगत चरणमा भिडेकामा गोलरहित बराबरीमा खेल सकिएको थियो।