
स्कोलानीको जादु
अर्जेन्टिना विश्वकपको उपाधि नजिक पुगेको छ। हारबाट प्रतियोतिगाको सुरुआत गरेको अर्जेन्टिना त्यसपछि लागतार ५ जित निकाल्दै फाइनल पुगेको हो।
सन् १९८६ मा पछि पहिलो पटक अर्जेन्टिनालाई च्याम्पियन बनाउने जिम्मा लियोनल स्कोलानीको काँधमा छ । रुस विश्वकप लगत्तै उनी अर्जेन्टिनी टिमको मुख्य प्रशिक्षक बनेका थिए।
उनको नेतृत्वमा अर्जेन्टिनाले गज्जबको फुटबल खेलिरहेको छ। ४४ वर्षीय स्कोलानीले गत वर्ष कोपा अमेरिकाको उपाधि जिताएका थिए । र, अर्जेन्टिनी जर्सीमा एउटा स्टार थप्न एक जित मात्र टाढा छन्।
हालसम्म स्पेनले मात्रै विश्वकपको पहिलो खेलमा पराजित भएर त्यही संस्करणमा उपाधि जितेको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको पहिलो खेलमा स्विट्जरल्यान्डसँग हारेको स्पेनले फाइनलमा नेदरल्यान्ड्सलाई हराएर विश्वकप जितेको थियो।
स्कालोनीको अर्जेन्टिना त्यही विगत दोहोर्याउन आत्तुर छ। मंगलबार राति पहिलो सेमिफाइनलमा क्रोएसियाविरुद्ध ३(० को शानदार जित निकाल्दै सात पटकका बालन डी’अर विजेता लियोनेल मेसीले अर्जेन्टिनालाई आठ वर्षपछि फेरि फाइनलमा पुर्याएका छन्।
सन् २०१५ को फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनाले आइतबार लुसेल रंगशालामा साविक विजेता फ्रान्स वा अफ्रिकी मुलुक मोरक्कोसँग खेल्ने छ। बुधबार राति हुने दोस्रो सेमिफाइनलले अर्जेन्टिनाको प्रतिद्वन्द्वीको टुङ्गो लगाउने छ।
नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने फाइनलमा बाजी मार्दै स्कालोनी विश्वकप जिताउने चौथो कान्छो प्रशिक्षक बन्न चाहन्छन्।
आइतबारलाई आफ्नो करिअरको सबैभन्दा उत्कृष्ट दिन बनाउन सके स्कालोनी अर्जेन्टिनालाई विश्वकप जिताउने दोस्रो कान्छो प्रशिक्षक बन्ने छन्। यसअघि सिजर लुइस मेनोटीले सन् १९७८ मा ४० वर्षको हुँदा अर्जेन्टिनालाई पहिलो विश्वकपको उपाधि जिताएका थिए।
स्कालोनीभन्दा कम उमेरमा अरू तीन प्रशिक्षकले पनि विश्वकपको उपाधि जितेका छन्। सन् १९५० मा उरुग्वेका युवान लोपेज फोन्टानले ४२ वर्षको उमेरमा विश्वकप जितेका थिए। यस्तै, मारियो जागायोले सन् १९७० मा ब्राजिललाई ३९ वर्षको उमेरमा विश्व विजेता बनाएका थिए।