गोल्डेन बुटमा एम्बाप्पेको दाबेदारी, कसले दिन्छ चुनाैति ?

Read Time:1 Minute

कतारमा जारी २२औं संस्करणको विश्वकपमा अहिले नकआउट चरणका खेल चलिरहेका छन्। प्रतियोगिता नकआउट चरणमा पुग्दा यो पटकको गोल्डेन बुट कसले जित्छ सबैको चासो छ ।

तर, यसमा फ्रेन्च स्ट्रायकर किलियन एम्बाप्पेले बलियो दाबेदारी पेस गरेका छन्। आइतबार राति अन्तिम १६मा पोल्यान्डविरुद्ध २ गोल गरेसँगै उनले आफूलाई गोल्डेन बुटको दाबदारका रुपमा उभ्याएका हुन्।

समूह चरणमा ३ र नकआउटमा २ गर।का उनले कुल ५ गोल गरेका छन्। उनले समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक र डेनमार्कविरुद्ध २ गोल गरेका थिए।

५ पाँच गोलसँगै एम्बाप्पेले विश्वकपको गोल संख्या ९ पु¥याएका छन्। र, उनी विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान तोड्ने तर्फ पनि अग्रसर भएका छन्।

गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसी, इंग्ल्यान्डका मार्कस रास्फोर्ड र बुकायो साका, स्पेनका अल्भारो मोराटा, नेदरल्यान्ड्सका कोडी गाप्को तथा फ्रान्सकै ओलिभर छन्। यी सबैलाई ३ गोल गरेका छन्, र उनीहरुको टिम क्वार्टरफाइनलमा पुगेका छन्।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
25 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेनेगलमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड क्वार्टरफाइनलमा
Next post पब्जी विश्वकपको फाइनल चरण पुगेको नेपाली टिम, एक करोड बढी रकम नेपाल भित्र्याउँदै
Close