
फाइनलमा ह्याट्रिक गर्दै एम्बाप्पेले जिते गोल्डेन बुट
Read Time:1 Minute
कतार विश्वकपको गोल्डेन बुट किलियन एम्बाप्पेले जितेका छन्। आइतबार राति लुसेल रंगशालमा भएको अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गर्दै २३ वर्षीय युवा स्टार एम्बाप्पेले गोल्डेन बुट जितेका हुन्।
एम्बाप्पले प्रतियोगितामा कुल ८ गोल गरे । यो क्रममा उनले सात गोल गरेका मेसीलाई पछि पारे।
एम्बाप्पेले समूह चरणको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध १, दोस्रो खेलमा डेनमार्कविरुद्ध २ गोल गरेका थिए । यस्तै, उनले अन्तिम १६मा पोल्यान्डविरुद्ध २ गोल गरेका उनले फाइनलमा ह्याट्रिक गरे ।
यो सँगै एम्बाप्पेले विश्वकपमा १४ खेलमा १२ गोल गरेका छन् । उनी फ्रान्सका लागि विश्वकपमा गोल गर्ने जस्ट फोन्टाइनको कीर्तिमान भन्दा १ गोलले मात्र पछि छन् । फोन्टाइनले सन् १९५८मा एकै विश्वकपमा १३ गोल गरेका थिए।