मेसीले तोड्लान् नकआउटमा गोलको खडेरी ?

Read Time:1 Minute

विश्वकपको अन्तिम १६ मा आज अर्जेन्टिनाले एसियन राष्ट्र अस्ट्रेलियाको सामाना गर्दै छ। खेल अहमद बिन अली स्टेडियममा राति १२ः४५ बजे हुने छ।

खेलमा सबैको केन्द्रमा हुनेछन्, अर्जेन्टिनी कप्तान लियोनल मेसी । र, अस्ट्रेलियाविरुद्ध जित निकाल्दै क्वार्टरफाइनल पुग्ने अर्जेन्टिनाका मुख्य हतियार पनि उनै मेसी हुनेछन्।

विश्वकपमा २ गोल गर्दै मेसीले आफू फर्ममा रहेको संकेत गरेका छन्। तर, मेसीलाई विश्वकपमा एउटा खराब रेडर्कले पनि पछ्याइ रहेको छ।

त्यो हो नकआउटमा गोल गर्न नसक्नु । ५औं विश्वकप खेलिरहेका मेसीले अहिलेसम्म नकआउटमा गोल गर्न नसकेका छैनन्। मेसीले ५ विश्वकपमा २२ खेल खेल्दै ८ गोल गरेका छन्।

के मेसीले आज अस्ट्रेलियाविरुद्ध गोल गर्दै नकआउटमा गोलको खडेरी तोड्लान् ? यदि यस्तो भयो भने अस्ट्रेलियालाई हराउन अर्जेन्टिनालाई खासै गाह्रो हुने छैन ।

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %
Previous post पहिलो हाफमा नेदरल्यान्ड्स २–०ले अघि, अमेरिकाले कमब्याक गर्ला ?
Next post अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
Close