
प्रशिक्षाक कापेलाे भन्छन्- मेसीले फुटबलमा पेले र म्यारेडाेनाले जस्तै चमत्कार गरेका छन्
Read Time:1 Minute
रियल मड्रिड तथा युभेन्टसका पूर्वप्रशिक्षक फाबियो क्यापेलोले लियोनल मेसी फुटबलले पाएको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन्।
अर्जेन्टिनाले विश्वकप जितेका कारण मात्र आफुले मेसीलाई सर्वोत्कृष्ट नठह¥याएको पनि उनले जोड दिए।
‘मेरा लागि विश्वकपभन्दा अगाडी पनि मेसी सर्वोत्कृष्ट फुटबलर थिए,’ क्यापेलोले भने, ‘पेले, म्याराडोना र मेसीले फुटबलमा कसैले कल्पना पनि गर्न नसक्ने चमत्कार गरेका छन्।’
‘त्यसैले मेसी मेरा लागि आजका सबैभन्दा उत्कृष्ट खेलाडी मात्र होइनन्, फुटबलले आफ्नो इतिहासमा पाएको उत्कृष्ट खेलाडीमध्येका एक हुन्,’ क्यापेलोले अर्जेन्टिनाका पिएसजी स्टार मेसीको तारिफ गर्दै भनेका छन्।