
मेसी र मोड्रिचलाई अन्तिम अवसर
लियोनन मेसी र लुका मोड्रिच । दुवैमा धेरै कुराको समानता छ । दुवै बालोन डि’ओर विजेता हुन्, विश्वकपका गोल्डेन बल विजेता पनि ।
दुवैले आइकोनिक १० नम्बरको जर्सी लगाउँछन् । यी दुईलाई विश्वकपको उपाधि जित्ने अन्तिम अवसर पनि छ। आज तिनै मेसी र मोड्रिच आपसमा भीड्दै कतार विश्वकपको सेमिफाइनलमा।
लुसेल रंगशालामा आमनेसामने हुँदा लियोनेल मेसी र लुका मोड्रिचमध्ये एकको विश्वकप जित्ने सपना समाप्त हुनेछ। पहिलो पटक मध्यपूर्वी मुलुक कतारमा जारी विश्वकपको पहिलो सेमिफाइनलमा यी दुई खेलाडी नै फरक पार्न सक्ने खेलाडी बन्ने छन्।
पेरिस सेन्ट जर्मन ९पीएसजी०का स्टार मेसी र रियाल मड्रिडका मोड्रिचका लागि आजको खेलले विश्वकपको सम्भवतः अन्तिम खेल विश्वकपको फाइनल कि तेस्रो स्थानका लागि प्ले अफ भन्ने निर्धारण गर्नेछ।
यी दुवै खेलाडी दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न चाहन्छन्। मेसीले आफ्नै कप्तानीमा २०१४ मा अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। जहाँ उनको टिम जर्मनीसँग पराजित भएको थियो।
मोड्रिचले चार वर्षअघि अविश्वसनीय पमा क्रोएसियालाई रुसको लुजनिकी रंगशालामा फाइनल खेलाए, जहाँ उनको टिम फ्रान्ससँग स्तब्ध भएको थियो। यसको अर्थ, दुवै कप्तानले एक(एक विश्वकपको फाइनल हारिसकेका छन्। र, दोस्रो पटक फाइनलमा पुगेर विजय हासिल गर्न चाहन्छन्।
मेसी र मोड्रिचमध्ये एक खेलाडीको त्यो सपना कायम रहने छ भने, एकको सपना चकनाचुर हुनेछ।