बेल्जियममाथि मोरक्को सानदार जित, उक्लियो शीर्ष स्थानमा

Read Time:2 Minute

विश्वकप फुटबलमा मोरक्कोले सानदार जित निकालेको छ। अल थुमाम रंगशालमा आइतबार राति भएको खेलमा मोरक्कोले बेल्जियममाथि २–०को जित निकाल्यो।

यो जितसँगै मोरक्को ४ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको उसको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ। अब अन्तिम खेलमा उसले क्यानडाको सामाना गर्ने छ। यो खेलमा अंक जोड्न सके उ नकआउट चरण पुग्ने छ।

यता, बेल्जियमको पनि नकआउट सम्भावना बाँकी नै छ। अब उसलाई अन्तिम १६ पुग्ने अन्तिम खेलमा क्रोएसियालाई हराउनै पर्ने हुन्छ । बराबरी भए अन्य खेलको नतिजामा भरपर्नुपर्ने हुन्छ।

फिफा वरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमविरुद्ध जित दिलाउन मोरक्कोका अब्देल्लामिद सबिरी र जाकारिया अबोउखलालले गोल गरे।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ७३औं मिनेटमा खेलमा मोरक्कोले अग्रता लियो। उसका सफ्टिच्युट खेलाडी सबिरीले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। त्यसपछि इन्जुरी समयको अन्त्यतिर अबोउखलालले गोल गरेपछि मोरक्को जित पक्का भयो।

खेलमा बेल्जियमले ६७ प्रतिशत बल पोजेसन बनाउँदै उसले १० सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता मोरक्कोले पनि १० सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो।

मोरक्कोले सन् १९९८ पछि विश्वकपको एकै खेलमा २ गोल गरेको हो । त्यसबेला उसले आइल्यान्डविरुद्ध २ गोल गरेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
50 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जापानले गुमायो सहजै नकआउट पुग्ने अवसर, कोस्टारिकासँग १–० ले पराजित
Next post यू–१९ राष्ट्रिय क्रिकेट : सुदरपश्चिमको लगातार तेस्रो जित, कर्णालीकाे पहिलाे जित
Close