३६ वर्षपछि नकआउट पुग्यो मोरक्को

Read Time:1 Minute

मोरक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा क्यानडामाथि २–१को जित निकाल्दै मोरक्को समूह विजेताका रुपमा नकआउट पुगेको हो।

यसअघि उ १९८६मा नकआउट चरण पुगेको थियो। नकआउटमा उसले समूह ईको उपविजेता स्पेनसँग खेल्ने छ।

अल थुमाना स्टेडियममा खेल सुरु भएको चौथो मिनेटमै मोरक्कोले अग्रता लिएको थियो । हाकिम जियाचले गोलकिपरको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । २३औँ मिनेटमा युसेफ एन नसिरीले टिमका लागि दोस्रो गोल थपे । उनले असरफ हकिमीको उत्कृष्ट क्रसमा गोल गरेका हुन् ।

४० औँ मिनेटमा मोरक्कोका नायफ अगेर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्किएको थियो । यो जारी विश्वकपमा भएको एक सयौँ गोल हो । यस्तै कतारमा भएको यो पहिलो आत्मघाती गोल पनि हो ।
यसअघिनै प्रतियोगिताबाट बाहिरसकेको क्यानडाले दोस्रो हाफमा गोल फर्काउन नसक्दा मोरक्कोले तीन अंक जोड्यो ।

अघिल्लो विश्वकपमा एक खेल पनि नजितेको मोरक्कोले यो पटक भने साविक उपविजेता क्रोएसिया र दोस्रो वरियताको बेल्जियमलाई पनि पछि छोड्यो । तीन खेलमा मोरक्कोले सात र क्रोएसियाले पाँच अंक जोड्यो ।

जारी कतार विश्वकपमा सेनेगल पछि प्रि–क्वाटरफाइनल पुग्ने मोरक्को दोस्रो अफ्रिकन टोली हो ।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
Previous post जर्मनी समूह चरणबाटै बाहिरियो
Next post बेल्जियम समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले छाडे मुख्य प्रशिक्षक
Close