शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्स अन्तिम १६मा, कतार तीनै खेलमा पराजित

Read Time:1 Minute

नेदरल्यान्ड्स समूह एको विजेताका रुपमा २२औं संस्करणको विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा मंगलबार राति उसले कतारमाथि २-०को जित निकाल्यो।

यो जितसँगै उसले समूह एमा २ जित र १ बराबरीसहित ७ अंक जोड्यो। उसले पहिलो खेलमा सेनेगलमाथि २-०को जित निकलोको थियो भने इक्वेडेरसँग १-१ को बराबरी खेलेको थियो।

यता, पहिलो पटक विश्वकप खेलेको आयोजक कतार भने तीनै खेलमा पराजित भयो। उसले तीन खेलमा ७ गोल बेहोर्दा १ गोल मात्र गर्न सक्यो।

अब नेदरल्यान्ड्सले अन्तिम १६मा समूह बीको उपविजेतासँग खेल्ने छ।

मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाप्को र फ्रांकी डि योङले गोल गरे। नेदरल्यान्ड्सले दुवै हाफमा गोल गरेको थियो।

२६औं मिनेटमा गाप्कोको गोलमा खेलमा नेदरल्यान्ड्सले अग्रता लियो। प्रतियोगितामा गाप्कोको यो तेस्रो गोल हो। यसअघिका दुवै खेलमा पनि उनले गोल गरेका थिए।

पहिलो हाफ १)०मै सकिएको खेलको दोस्रो हाफको सुरुआतमै डि योङले नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए। खेलमा त्यसपछि गोल नहुँदा नेदरल्यान्ड्यास विजयी भयो।

Happy
Happy
60 %
Sad
Sad
20 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
20 %
Previous post २० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा
Next post रास्फोर्ड प्रेरित इंग्ल्यान्ड नकआउटमा
Close