
नकआउटको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै
कतारमा जारी २२औं संस्करणको विश्वकपमा आजबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछ । प्रिक्वार्टरफाइनल अन्तर्गत आज २ खेल हुनेछ।
जसमा पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकाको सामाना गर्ने छ। यो खेल राति ८ः४५ बजे खलिफा इन्टरनेशल स्टेडियममा हुनेछ।
नेदरल्यान्ड्स समूस एको विजेता हो भने अमेरिका बीको उपविजेता । समूह चरणमा दुवै टिम पराजित रहेकाले पनि यो खेल प्रतिस्पर्धात्मक हुने छ। कागजमा डच टिम निकै बलियो छ, तर त्यसअनुसार प्रदर्शन गर्न नसकेकाले पनि उसलाई युवा खेलाडीको बाहुल्य रहेको अमेरिकाले कडा टक्कर दिने अनुमान गर्न सकिन्छ।
अमेरिकी टिमका प्रशिक्षक ग्रेग बेरहाल्टरलाई डच फुटबलबारे सबथोक थाहा छ । आजभन्दा २८ वर्षअघि उनले नेदरल्यान्ड्समा व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यहाँ रहेका बेला उनले फुटबलबारे जे जति सिके, त्यो सबै अमेरिकी टिमका लागि पोखेका छन् ।
अमेरिकाले अहिलेसम्म नेदरल्यान्ड्सको पाँचपल्ट सामना गरेको छ । ती सबै मैत्रीपूर्ण खेल रहेका छन् । त्यसमध्ये सन् १९९८ मा घरमै पराजित रह्यो भने सन् २००४ र २०१० मा एमस्ट्रर्डममा पनि हारको सामना गरेको थियो । सन् २०१५ मा एमस्ट्रर्डममा एरिना भएको खेलमा भने नेदरल्यान्ड्समाथि ४–३ को प्रसिद्ध जित निकालेको थियो।

अमेरिकाले यसपल्टको विश्वकपमा वेल्स र इंग्ल्यान्डविरुद्ध बराबरी खेल्दै विश्वकप यात्रा सुरु गरेको थिए । त्यसपछि इरानलाई १–० ले पराजित गरेको थियो क्रिस्टियन पुलिसिचको गोलले । सन् १९७४, १९७८ र २०१० को विश्वकपको फाइनल खेलेको डच टिम सन् २०१८ मा रुसमा भएको प्रतियोगितामा भने छनोट पनि हुन सकेन् । उसले यसपल्ट सेनेगललाई सुरुमा २–० ले हराएको थियो ।
त्यसपछि इक्वेडरसँग १–१ को बराबरी खेलेको नेदरल्यान्ड्सले समूह ‘ए’ को आफ्नो अन्तिम लिग खेलमा आयोजक कतारलाई २–० ले पन्छाइएको थियो।
अमेरिकाका लागि कप्तान क्रिस्टियान पुलुसिच, वेस्टर्न म्याकेनी, टेलर एडम्स महत्वपूर्ण छन् भने नेदरल्यान्ड्सका लागि फर्ममा रहेका कोडी गाप्को, फ्रांकी डि जोङलगायत महत्वपूर्ण छन्।