पहिलो हाफमा नेदरल्यान्ड्स २–०ले अघि, अमेरिकाले कमब्याक गर्ला ?

Read Time:1 Minute

कतार विश्वकपको प्रिक्वार्टरफाइनलको पहिलो खेल अहिले खलिफा इन्टरनेशनल स्टेडियममा जारी छ। नेदरल्यान्ड्स र अमेरिकाबीचको खेलको पहिलो हाफ सकिँदा नेदरल्यान्डले २–०को अग्रता लिएको छ।

नेदरल्यान्ड्सलाई १०औं मिनेटमा मेम्फिस डिपेले अग्रता दिलाए। यस्तै, इन्जुरी समयको अन्तिम समयमा डाली ब्लिन्डले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए। दुवै गोलमा डेन्जल डेम्फ्रुसले असिस्ट गरे ।

२ गोलले पछि परे पछि अमेरिकाले पनि राम्रो खेल प्रदर्शन गरेको छ। नेदरल्यान्ड्समाथि राम्रो बल पोजेसन बनाउँदै उनले गोलका केही राम्रा अवसर पनि सिर्जना गरेको छ। उसका दुई उत्कृष्ट प्रहार नेदरल्यान्ड्सका किपरले बचाएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालले नेत्रहीन टी–२० विश्वकप खेल्ने
Next post मेसीले तोड्लान् नकआउटमा गोलको खडेरी ?
Close