
के नेमार मानसिक रुपमा विक्षिप्त भएका हुन् ?
नेमारको उत्कृष्ट प्रदर्शनका बाबजुद ब्राजिल कतार विश्ककपमा क्वार्टरफाइनलभन्दा माथि जान सकेन। ब्राजिल क्वार्टरफाइनलमा अप्रत्यासित रुपमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ले पराजित भयो ।
पराजित भएको खेलमा पनि आफ्नो स्तरअनुसरकै खेल खेले। उनले अतिरिक्त समयमा उत्कउष्ट गोल गरेका थिए। तर, त्यो गोल ब्राजिललाई जिताउन पर्याप्त भएन।
क्रोएसियासँग पराजित भएपछि नेमार मैदानमै निकैवेर रोएका थिए। जीवनमा भोगेका थुप्रै पराजयमध्ये यो सबैभन्दा पीडादायी भएको भन्दै नेमारले यो हारपछि आफू मानसिक रुपमा विक्षिप्त भएको बताएका छन्।
‘म मानसिक रूपमा विक्षिप्त छु । यो निश्चय पनि यस्तो हार हो, जसको सबैभन्दा धेरै पीडा छ ,’ नेमारले समाजिक सञ्जालमा लेखेका छन्। उनले खेल सकिएपछि केही समयपछि आफूलाई पक्षघात भएको जस्तै महसूस भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘खेल सकिएको १० मिनेटपछि मलाई पक्षाघात जस्तै बनाएको थियो । मेरो आँसु रोकिएको थिएन । यो हारले लामो समयसम्म पोलिरहनेछ ।’

क्वाटरफाइनलमा हारलगत्तै नेयमरले ब्राजिलबाट अब फेरि खेल्ने सम्भावना कम रहेको जनाएका थिए । उनले क्रोएसियाविरुद्धको गोलसँगै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान बराबरी गरेका थिए।
नेमार निरन्तर खेल्न अपेक्षा पेलेले राखेका छन्। उनले ब्राजिलका लागि खेल्दा जुन सम्मान हुन्छ त्यो गोल गर्दै पाएको सफलतामा नहुने जनाएका छन्। पेलेले नेमारलाई हौसला दिँदै भनेका छन्, ‘हामीलाई प्रेरित गर्नु, जति खेर तिमीले गोल गर्नेछौं, म खुसीले हावामा मुट्ठी उठाउनेछु, मैले यसअघिका खेल जति हेरें त्यसमा यस्तै गरेको छु।’