दक्षिण कोरियाविरुद्ध नेमार खेल्ने !

Read Time:2 Minute

चोटका कारण समूह चरणको अन्तिम दुई खेल गुमाएको ब्राजिलिय सुपर स्टार नेमार दक्षिण कोरियाविरुद्धको अन्तिम १६ खेलमा भने उपलब्ध हुने भएका छन्। विश्वकपको पहिलो खेलमा सर्बियाविरुद्ध कुर्कुचामा चोट लागेपछि नेमार त्यसपछिका दुइृ खेल गुमाएका थिए।

नेमारले शनिबार र अभ्यासन गरेका छन्। अभ्यासका क्रममा नेमारले आफूले राम्रो अनुवभ गरिरहेको प्रतिक्रिया दिएका थिए। त्यसैले पनि नेरमा दक्षिण कोरियाविरुद्ध खेल्न सक्ने बताएको छ।

चोट सोचेभन्दा चाँडो निको भएकाले नेमारको सोमबार हुने कोरियाविरुद्ध खेल खेल्न सक्ने ब्राजिलियन टिमका डाक्टर रोड्रिगो लास्मरले बताएका छन्। तर, उनलाई खेलाउन नखेलाउन भन्ने विषयमा आधिकारिक निर्णय भन भइसकेको छन्।

नेमार खेलमा फर्किए ब्राजिलका टिम र समर्थकका लागि त्यो सबैभन्दा ठूलो खुसी हुनेछ। र, यसले टिमलाई थप उर्जा प्रदान गर्नेछ।

चोटकै कारण क्यामरुनविरुद्धको खेल गुमाका डिफेन्डर एलेक्स सान्ड्रो पनि चोट मुक्त हुँदै दक्षिण कोरियाविरुद्ध टिममा फर्कन सक्ने छन्। यता, सर्बियाविरुद्धकै खेलमा घाइते भएका अर्का डिफेन्ड डानिलो भने कोरियाविरुद्ध खेल्ने निश्चित जस्तै छ। उनी चोटमुक्त भइसकेका छन्।

चोटकै कारण ब्राजिलले स्ट्राइकर ग्याब्रिअल जेसुस र डिफेन्ड एलेक्स टेलेसलाई भने विश्वकपबाट गुमाइसकेको छ। दुवै समूहको अन्तिम खेलमा क्यामरुनविरुद्ध घाइते भएका थिए।

Happy
Happy
0 %
Sad
Sad
67 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेनेगलले पन्छाउला इंग्ल्यान्डको चुनौती?
Next post ब्याटिङ नचल्दा स्कटल्यान्डसँग हार्‍यो नेपाल, ओडिआई स्टाटस जोखिममा
Close