
जिरुडले तोडे थिएरी हेनरीको रोकर्ड
Read Time:1 Minute
ओलिभर जिरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। कतार विश्वकपको अन्तिम १६ मा पोल्यान्डविरुद्ध गोल गर्दै जिरुडले लिजेन्ड थिएरी हेनरीलाई पछि पार्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
पोल्यान्डविरुद्ध उनले ४४औं मिनेटमा किलियन एम्बाप्पेको पासमा गोलगरेका थिए। फ्रान्सका लागि यो उनको फ्रान्सका लागि ५२औं गोल हो ।
विश्वकपमा ब्याकपअप स्ट्राइकरका रुपमा रहेका उनी करिम बेन्जिमा घाइते भएपछि मुख्य स्ट्राइकर बनेका थियो । यो उनको जारी विश्वकपमा तेस्रो गोल हो।
जिरुडले यो उपलब्धि ११६ खेलमा भेट्टाएका हुन्। हेनरीले १२३ खेलमा ५१ गोल गरेका थिए।