फर्नान्डेस चम्किँदा पोर्चुगल नकआउटमा, उरुग्वे कठीन माेडमा

Read Time:4 Minute

क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार राति लुसेल रंगशालामा भएको खेलमा ब्रुनो फर्नान्डेस चम्किएपछि पोर्चुगल उरुग्वेलाई २–०ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो।

लगातार दोस्रो जित निकाल्दै नकआउट पुग्ने पोर्चुगल तेस्रो टिम बन्यो । यसअघि डिफेन्डिङ च्याम्पियन फ्रान्स र पाँच पटकको च्याम्पियन ब्राजिलले नकआउट स्थान बनाइसकेका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५४औं मिनोटमा फर्नान्डेसको गोलमा पोर्चुगलले सुरुआती अग्रता लियो। यस्तै, इन्जुरी समयको तेस्रो मिनेटमा फर्नाडेसले नै पेनाल्टीमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा पोर्चुगल विजयी भयो।

खेलमा उरुग्वेले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । तीन निश्चित गोलका अवसरमा २मा पोर्चुगलका गोलकिपर डिएगो कोस्टा बाधक बन्दा एउटा पोस्टमा लागेको थियो । यता, दुई गोलको अग्रता लिएपछि पनि फर्नान्डेसले गोलका दुई निश्चित अवसर सिर्जना गरेका थिए। उनको एउटा प्रहारमा पोस्ट बाधक बन्दा अर्को गोलकिपरले उत्कृष्ट बचाउ गरे।

पोर्चुगलसँगको हारसँगै उरुग्वेको नकआउट पुग्ने सम्भावना कमजोर बनेको छ। दुई खेलमा १ अंकमात्र जोडेको उरुग्वेलाई अन्तिम १६ पुग्न अब अन्तिम खेलमा घानालाई हराउनै पर्ने हुन्छ र अर्को खेलको नतिजा पनि कुर्नपर्ने हुन्छ।

बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

दुवै टिमले स्तरीय खेलको नमूना प्रस्तुत गरेका थिए । तर, गोल दोस्रो हाफमा मात्र सम्भव भयो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई छक्याउँदै गोल भयो ।

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले बल आफ्नो टाउकोलाई छोएर गोल भएको दावी गरे पनि म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बुर्नोले नै गोलकर्ताको मान्यता पाए ।

खेलमा पोर्चुगल हावी भए पनि उरुग्वेले बराबरीको केहि अवसर गुमाएको थियो । पहिलो हाफमा रोड्रिगो बेन्टाकरको उत्कृष्ट प्रहार पोर्चुगिज गोलरक्षक डिओगो कोस्टाले बचाएका थिए । दोस्रो हाफमा म्याक्सी गोमेजको प्रहार पोष्टमा लागेपछि उरुग्वेले बराबरीको सुन्दर मौका गुमाएको थियो ।

इन्जूरी समयमा पोर्चुगलले पेनाल्टी पायो । भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर०ले उरुग्वेका जोसे जिमिनेजले बक्सभित्र ह्याण्ड गरेको भन्दै दिएको पेनाल्टीलाई बुर्नोले गोलमा परिणत गरेका थिए ।

खेलको अन्तिम सेकेण्डमा बुर्नो आफ्नो पहिलो विश्वकप ह्याट्रिकबाट चुके । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

यो खेलको दोस्रो हाफमा बहुरंगी झण्डासहित एक व्यक्ति मैदान प्रवेश गरेका थिए । उनले सेभ युक्रेन, इरानी महिलाका लागि सम्मानजस्ता नारा लेखिएको टी(शर्ट लगाएका थिए ।

यो हारपछि दुईपल्ट विश्वकप जितेको उरुग्वे यसपल्ट समूह चरणबाटै घर फर्किने खतरा बढेको छ । नकआउट चरणमा प्रवेश पाउन उरुग्वेले समूहको अन्तिम खेलमा घानालाई पराजित गर्नुपर्नेछ भने पोर्चुगलले दक्षिण कोरियालाई हराउनुपर्नेछ ।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
19 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
6 %
Previous post स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउटमा (भिडियाेसहित)
Next post कतारमा इरान र अमेरिकाको युद्ध, कसले जित्ला ?
Close