पोर्चुगललाई हराउँदै मोरक्कोले रच्यो इतिहास, बन्यो सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम

Read Time:1 Minute

‘अन्डर डग’को छवि बनाएको मोरक्को विश्वकपमा नयाँ इतिहास रचेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई १–०ले हराएसँगै मोरक्क विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन देश बनेको छ।

अल थुमाम स्टेडियममा भएको खेलमा बलियो मानिएको पोर्चुगललाई हराउने क्रममा मोरक्को समिर अल नाजरीले निर्णायक गोल गरे। उनले पहिलो हाफको ४२औं मिनेटमा हेडिङमार्फत गोल गरेका थिए।

त्यसपछि गोल नहुँदा मोरक्को पहिलो पटक विश्वकप सेमिफाइनलमा पुग्न सफल भयो।

यता, पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि भने यो क्षण निकै दुःखदायी बन्यो । अन्तिम विश्वकप खेलिरहेका उनको विश्वकपको उपाधि जित्ने आशा समाप्त भएको छ।

खेलमा ७४ प्रतिशत बल पोजेसन बनाउँदै मोरक्को माथि दबाब राखेपनि पोर्चुगलले गोल गर्न सकने। पोर्चुगलका केही प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मोरक्कोविरुद्ध पनि रोनाल्डो बेन्चमै
Next post इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, पेनाल्टी चुके केन
Close