
ब्राजिलसँगको भीडन्त छल्ने पोर्चुगलको दाउ, घाना र उरुग्वेको निर्णायक भीडन्त
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूहको अन्तिम खेलमा आज एसियन पावर हाउस दक्षिण कोरियाको सामाना गर्नेृ छ। खेल एजुकेसन सिटी स्टेडियममा राति ८ः४५ बजे हुनेछ।
कोरियाविरुद्ध मैदान उत्रँदा पोर्चुगललाई कुनै दबाब हुनेछैन। किनभने उ यसअघि नै नकआउट पुगिसकेको छ।
तर, पोर्चुगल ब्राजिलसँगको सम्भावित भीडन्त छल्ने दाउमा हुनेछ। त्यसैले उन कोरियाविरुद्ध जित निकाल्दै अन्तिम १६मा ब्राजिलसँगको भेट छल्न चाहन्छ।
पोर्चुगल र ब्राजिल दुवै अन्तिम १६को भीडन्त टर्नका लागि दुवै टिम समूहको विजेता वा उपविजेता बन्नु पर्ने हुन्छ।
समूह जीमा रहेको पोर्चुगल ६ अंकसहित शीर्ष स्थानमा छ। उसले पहिलो खेलमा घानालाई ३–२ले हराएको थिाये भने दोस्रो खेलमा उरुग्वेमाथि २–०को जित निकालेको थियो।
यता, दक्षिण कोरिया पनि पोर्चुगललाई हराउँदै नकआउट पुग्ने सम्भावना जीवितै राख्न चाहन्छ। पोर्चुगललाई हराउँदा अर्को खेलमा पनि आफू अनुकुल नतिजा आएमात्रै कोरियाको नकआउट सम्भावना छ।
उरुग्वे र घानाको खेल पनि दुवैलाई महत्वपूर्ण छ। यो खेलमा ३ अंक जोडेको घाना केही सहज अजस्थामा छ। उ उरुग्वेविरुद्धको जितले सहजै नआउट पुग्ने छ भने बराबरीले पनि उसको सम्भावना रहन्छ। यता, उरुग्वे पनि घानालाई हराउँदै नआउट सम्भावन कायमै राख्न चाहन्छ। घानालाई हराए र अर्को खेललमा कोरिया पराजित वा बराबरीमा रोकिए उरुग्वे नकआउट पुग्ने छ।