कतार विश्वकप विजेताले पाउनेछ ५ अर्ब बढी पुरस्कार, अन्यले कति पाउँछन्?

Read Time:3 Minute

विश्वकप फुटबलको २२औं आइतबारबाट सकिँदै छ । आइतबार राति हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनलसँगै विश्वकपको नयाँ विश्वविजेताको टुंगो लाग्ने छ, र विश्वकपको २२औं संस्करण सकिने छ।

एक महिनासम्म चलेको प्रतियोगितामा आफूलाई उत्कृष्ट सावित गर्दैै अर्जेन्टिना र फ्रान्स फाइनलमा पुगेका हुन्। यी दुई मध्ये को विजेता बन्ला ? त्यो भन्न त्यति सहज छैन, किनभने विश्वका उत्कृष्ट टिमहरुलाई हराउँदै उनीहरु यहाँ आइपुगेका हुन्।

विजेता टिमले करोडौं रुपैयाँ पुरस्कार वापत पाउने छ । विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन् ।

विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन्।

विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ । र, हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ।

कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन्। नेपालीमा हिसाब गर्दा यो रकम करिब ५ अर्ब ४४ करोड हुन आउँछ । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो।

यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछ भने तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार पाउने छ। चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछ।

यस्तै, क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउँदा अन्तिम १६ मा पुग्ने टिमले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । विश्वकपमा छनोट भएका ३२ टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन्।

कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ।

Happy
Happy
85 %
Sad
Sad
0 %
Excited
Excited
8 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
8 %
Previous post कसले जित्ला गोल्डेन बुट मेसी र एम्बाप्पे ? (भिडियाे)
Next post फ्लुले फ्रान्सलाई तनाव
Close