स्टर्लिङ पुनः कतार फर्किने

विश्वकप बीचमै छाडेर इंग्ल्यान्ड फर्किएका इंग्लिस स्ट्राइकर रहिम स्टर्लिङ पुनः कतार फर्कने भएका छन्। घरमा हतियारधारी समूहले चोरी गरेपछि स्टर्लिङ सेनेगलविरुद्धको अन्तिम १६मा खेल नखेली इंग्ल्यान्ड फर्किएका छन्।

स्टर्लिङलाई पुनः टिममा फर्कने सुविधासहित प्रशिक्षक गेराथ साउथगेटले घर जान सुविधा दिएका थिए। उनी आजै कतार फर्कने बताइएको छ। चोरीका समयमा श्रीमती र साना बच्चाहरु घरमै थिए।

स्टलिङ टिममा फर्कने भएपछि फ्रान्सविरुद्धको क्वार्टरफाइनलअघि इंग्लिस टिमलाई केही राहत भएको छ। इंग्ल्यानडले शनिबार राति क्वार्टरफाइलनमा फ्रान्ससँग खेल्नेछ।

Happy
Happy
66 %
Sad
Sad
6 %
Excited
Excited
17 %
Sleepy
Sleepy
3 %
Angry
Angry
3 %
Surprise
Surprise
6 %
Previous post फेरि फ्लप भयो नेपालको ब्याटिङ, स्कटल्यान्डविरुद्ध ११९ रनमै अलआउट
Next post स्पेनकाे खराब प्रदशर्नपछि बर्खास्तीमा परे एनरिके
Close