जितेको मेक्सिको र हारेको साउदी दुवै बाहिरिए

Read Time:1 Minute

समूहको अन्तिम खेलमा जित निकालेर पनि मेक्सिको कतार विश्वकपको नकआउटमा पुग्न असफल भएको छ। बुधबार राति भएको खेलमा मेक्सिकोले साउदी अरेबियामाथि २–१को जित निकाल्यो। तर, यो उसको लागि नकआउट पुग्न पर्याप्त हुन सकेन।

यो नतिजाले समूह सीबाट जितेको मेक्सिको र हारेको साउदी दुवै बाहिरिए। १ जित र १ बराबरीसहित ४ अंक जोडेको मेक्सिको पोल्यान्डसँग गोल अन्तरमा पछाडि पर्दै नकआउट पुग्न असफल भयो। ३ अंक जोडेको साउदी भने पुछारमा रह्यो।

खेलमा मेक्सिकोलाई जित दलाउन हेनरी मार्टिन र लुकास चाभेजले गोल गरे । साउदीका सलिम अलदावसरीले गोल गरेका थिए।

खेलको ४७ औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ५२ औं मिनेटमा लुईस चाभेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको इन्जुरी समयमा साउदीका सलिम अलदावसरीले गोल गरेपनि मेक्सिको २–१ ले विजयी भयो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
25 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %
Previous post मेसी पेनाल्टीमा चुक्दा पनि अर्जेन्टिना समूह विजेता बन्दै नकआउटमा
Next post स्पेनलाई हराउँदै नकआउट पुग्ने जापानको लक्ष्य पुरा हुला ?
Close