
२८ वर्षपछि साउदी अरेबिया फेरि नकआउट पुग्ला ?
कतारमा जारी विश्वकपमा ६ एसियन देश प्रतिस्पर्धा गरिरहेका छन्। त्यसमा कतार बाहेक अन्य ५ देशले प्रतियोगितामा राम्रो सुरुआत गरेका थिए।
६ मध्ये दुई टिम कतार र इरान प्रतियोगिताबाट बाहिरिसकेका छन्। बाँकी चार मध्ये २ टिम नकआउट पुग्छन् पुग्दैन आज हुने खेलको फैसला हुने छ। आज राति दुई फरक खेलमा साउदी अरेबिया र अस्ट्रेलिया भिड्दै छन्।
समूह डीमा रहेको साउदीले आज नकआउट प्रवेशका लागि छिनो फानो हुने खेलमा मेक्सिकोको सामाना गर्दै छ। मेक्सिकोलाई हराउन सकेन उ २८ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने छ।
साउदी विश्वकपको पहिलो सहभागीतामै सन् १९९६मा नकआउट पुगेको थियो । त्यसयता ४ विश्वकप खेल्दा ऊ समूह चरणमै रोकिएको थियो।

पहिलो खेलमा बलियो अर्जेन्टिनालाई पराजित गर्दै सनसनी मच्चाएको थियो । उसले अर्जेन्टिनालाई २–१ले हराएको थिाये । तर, दोस्रो खेलमा उ पोल्यान्डसँग २–०ले पराजित भयो। अब अन्तिम खेलमा मेक्सिकोलाई हराउन सके उ सहजै नकआउट पुग्ने छ।
यस्तो अवस्थामा दुई ठूला टिम अर्जेन्टिना र पोल्यान्ड मध्ये एक प्रतियोगिताबाट बाहिरने छन्। यदि मेक्सिकोसँग बराबरी खेले साउदीको नकआउट पुग्ने सम्भावना त रहन्छ, तर पोल्यान्ड र अर्जेन्टिनाको खेलमा भरपर्छ । यदि यो खेलमा ठूलो अन्तरको दुई मध्ये एक टिमले जित निकाल्नु पर्छ।
तर, साउदीलाई हराउन सके मेक्सिकोको पनि नकआउट पुग्ने सम्भावना हुने भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ। खेलमा साउदीका लागि सामीर अल द्वासरी, सालेह अल सेरी, सलमान अल फारजलगायत खेलाडी महत्वपूर्ण छन् भने मेक्सिकोका लागि गुइलेर्मो ओचा, हेर्विङ लोजानो, हेक्टर हरेरालगायत महत्वपूर्ण छन्।