बहादुरीपूर्ण प्रदर्शनसँगै दक्षिण कोरिया नकआउटमा, पोर्चुगल २-१ले पराजित

Read Time:2 Minute

दक्षिण कोरिया १२ वर्षपछि विश्वकप फुटबलको नकआउटमा प्रवेश गरेको छ। शुक्रबार राति एजुकेशन सिटी स्टेडियममा बहादुरीपूर्ण प्रदर्शन गरेपछि पोर्चुगललाई २-१ले हराउँदै दक्षिण कोरियाले नकआउट चरणमा प्रवेश गरेको हो।

समूह जीमा ४ अंक जोडेको कोरिया उरुग्वेलाई फेयर प्लेमा पछि पार्दै उपविजेताका रुपमा नकआउट पुगेको हो। अब उसले नकआउटमा समूह एफको विजेता ब्राजिलसँग खेल्ने छ। पराजयका बाबजुद पोर्चुगल समूह विजेताका रुपमा नकआउट पुगेको छ। अब उसले समूह एचको उपविजेतासँग खेल्नेछ।

पहिलो पटक नकआउट पुग्दा सन् २००२ मा समूहको अन्तिम खेलमा पोर्चुगललाई नै २-१ले हराएको कोरियाले तेस्रो पटक नकआउट पुग्दा पनि पोर्चुगललाई २-१ ले नै हरायो।

दक्षिण कोरिया नकआउट पुगेसँगै एसियाबाट विश्वकप खेलेका ६ मध्ये ३ टिम अन्तिम १६मा पुगेका छन्। यसअघि जापान र अस्ट्रेलिया नकआउट पुगिसकेका थिए।

सुरुआतमै १ गोलले पछि परेको अवस्था उल्टाउँदै कोरियालाई जित दिलाउन किम योङ ग्वान र वाङ हि चानले गोल गरे । पोर्चुगलका रिकार्डो होटाले गोल गरे।

खेलको सुरुआतमै पोर्चुगलले अग्रता लियो। पाँचौं मिनेटमा उसका होटाले डिएगो डालोटको पासमा गोल गरेका थिए। २७औं मिनेटमा ग्वानले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काए।

बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयको कोरियालाई गोल गर्दै नकआउटमा आफ्नो स्थान सुरक्षित गर्यो । यो पटक सन ह्युङ मिनको चलाखीपूर्ण पासमा चानले गोल गरेका थिए।

यसअघि नै नकआउट पुगिसकेको पोर्चुगलले स्टार्टिङ लाइनअपमा धेरै परिवर्तन गरेको थियो। उसले महत्वपूर्ण खेलाडीहरु ब्रुनो फर्नाडेस, बर्नार्डो सिल्भा, रुबेन डियासलगायतलाई बेन्चमा राखेको थियो।

Happy
Happy
75 %
Sad
Sad
8 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वर्षाले खेल रद्द भएपछि नेपाल र नामिबियाले बाँडे अंक
Next post घानालाई हराए पनि बाहिरियो उरुग्वे
Close