
ब्राजिलसँग पराजित भएपछि कोरियन टिमका प्रशिक्षक दिए राजीनामा
दक्षिण कोरियाका मुख्य प्रशिक्षब पाउलो बेन्टोले राजीनामा दिएका छन्। कतार विश्वकपको अन्तिम १६ मा ब्राजिलसँग नमीठो हार बेहोर्दै बाहिरिए लगत्तै बेन्टोले कोरियन टिम छाडेका हुन्।
५३ वर्षीय पोर्चुगिज प्रशिक्षक बेन्टो सन् २०१८ मा दक्षिण कोरिया राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। विश्वकपपछि कोरियन टिम छाड्ने निर्णय सेप्टेम्बरमा भएको बोन्टोले बताएका छन्। टिमको प्रदर्शनबाट आफू खुसी भएको उलने बताएका छन्।
उनले भनेका छन्, ‘हामी भविष्यका बारेमा सोचिरहेका छौं, तर तत्कालका लागि म दक्षिण कोरियाको राष्ट्रिय टिमबाट बाहिरिएको छु । मैले अहिले खेलाडी र दक्षिण कोरियाली फुटबल महासंघका अध्यक्षलाई यसबारे जानकारी दिएको छु । तर, यो निर्णय सेप्टेम्बरमै भएको थियो ।’
बेन्टो प्रशिक्षित टिमले विश्वकपको समूह चरणमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गरी समूह एचको उपविजेताका रुपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।