जर्मनी र स्पेपनले खेले बराबरी, रोमाञ्चक बन्यो समीकरण

Read Time:2 Minute

समूहको दोस्रो खेलमा जर्मनी र स्पेनले बराबरी खेलेपछि समूह ईको नकआउट समीकरण रोमाञ्चक बनेको छ। अन्तिम चरणको खेल बाँकी छँदा यो समूहबाटै नकआउट पुग्ने सम्भावना चारवटै टिमको छ ।

यो समूह ४ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ, र गोल अन्तर राम्रो भएका उ सहज अवस्थामा छ। यता, जापान र कोस्टारिका समान ३ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहँदा जर्मनी १ अंकसहित पुछारमा छ। तर, यी तीमध्ये २ टिम नकआउटमा पुग्ने छन्।

समूहको अन्तिम खेलमा जापनले स्पेन र जर्मनीले कोस्टारिकासँग खेल्ने छ। जापानले स्पनेमाथि जित निकाले उ सिधै नकआउट पुग्नेछ। यस्तो, अवस्थामा अर्को खेलमा कोस्टारिकाले जर्मनीलाई हराए जर्मनीसँगै स्पेन पनि प्रतियोगिताबाट बाहिरिन छ।

स्पेन र जापनले बराबरी खेलेको अवस्थामा स्पेन नकआउट पुग्दा जापानले अर्को खेलको नतिजा कुर्नुपर्ने छ। अर्को खेलमा बराबरीमो नतिजा आए जापान दोस्रो हुँदै नकआउट पुग्ने छ। अर्को खेलमा कोस्टारिका विजयी भए उ नै नकआउट पुग्ने छ भने यो अवस्थामा जर्मनी नकआउट पुग्ने कोस्टारिकालाई हराउनु पर्ने छ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा स्पेनका अल्भारो मोराटा र जर्मनीका निकलस फुलक्रुगले गोल गरेका थिए। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

अल्भारो मोराटाले जोर्डी अलबाको क्रसमा फस्टबारमै जाली चुमाउँदै स्पेनलाई ६२ औं मिनेटमा अग्रता दिलाए । जमल मुसियलाले दिएको बललाई निकलस फुलक्रुगले आकर्षक गोल गर्दै ८३ औं मिनेटमा जर्मनीलाई १–१ को बराबरीमा पुर्‍याए।

अन्त्यतिर दुवै टिमले अवसर बनाएका थिए तर उपयोग गर्न नसकेका कारण खेल बराबरीमा सकियो।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %
Previous post अन्तरविद्यालय बास्केटबलमा पृथ्वी र बीएनए विजयी
Next post क्यानडामाथि क्रोएसियाको सानदार जित, बाहिरियो क्यानडा
Close