दुई महारथी स्पेन र जर्मनी भिड्दै, कसले निकाल्ला जित ?

Read Time:2 Minute

कतारमा जारी २२औं संस्करणको विश्वकपमा आज विश्व फुटबलको दुई महारथी स्पेन र जर्मनी भिड्दै छन्। स्पेन र जर्मनीबीचको खेल आज राति १२ः४५ बजे अल खोरस्थित अल बायत रंगशालामा हुने छ।

अल बायल रंगशालमा स्पेनविरुद्ध भीड्दा चार पटकको च्याम्पियन जर्मनी दबाबमा हुने छ। पहिलो खेलमा जापानसँग अप्रत्यासित रुपमा २–१ ले पारजित भएकाले जर्मनी दबाबम छ । यता, स्पेन भने निकै उत्साति हुने छ। किनभने उसले पहिलो खेलमा कोस्टारिकामाथि ७–०को रवाफिलो जित निकालेको थियो।

रुस विश्वकपको असफलतालाई नदोहो¥याउने हो भने जर्मनीले आज स्पेनलाई हराउनै पर्ने हुन्छ । उसका लागि सर्ज गनाब्री, थोमस मुलर, म्यानुअल नोयरजस्ता अनुभवी र जमाल मुसियाला, मौसुफा मौकुकुजस्ता युवा खेलाडीको साथ छ।

तर, युवा खेलाडीले भरिएको स्पेनलाई हराउन जर्मनीलाई त्यति सहज भने हुने छैन । प्रशिक्षक लुइस एनरिकेले सम्हालेको टिमले समूहको अन्तिम खेलमा जापानविरुद्ध खेल्नुअघि नै अन्तिम १६ को यात्रालाई सुरक्षित गर्न चाहेको छ । स्पेनका लागि मार्को ओसेन्सियो, पेड्री, गाभी, ड्यानी ओल्मो लगायत खेलाडी महत्वपूर्ण हुने छन्।

विश्वकपमा जर्मनी र स्पेन चारपल्ट आमनेसामने भएका छन् । त्यसमा जर्मनीले दुई खेल जितेको छ भने स्पेनको पक्षमा एक खेलको नतिजा छ ।

यी दुईको पछिल्लो भेट दक्षिण अफ्रिका ९सन् २०१०० मा भएको थियो । सेमिफाइनलको उक्त भेट १–० ले जितेको स्पेन फाइनलमा आन्द्रेस इनिस्टाले ११६ औं मिनेटमा ९अतिरिक्त समय० गोल गरेपछि नेदरल्यान्ड्सलाई १–० ले हराएर पहिलोपल्ट विश्व च्याम्पियन भएको थियो ।

सग्रमा भने यी दुईले २५ खेल खेलेका छन्, जसमा जर्मनीले ९ र स्पेनले ८ खेल जितेका छन् । विश्वकप र अन्तर्राष्ट्रिय फुटबलका यी तथ्यांकले पनि जर्मनी र स्पेनबीचको प्रतिस्पर्धा निक्कै रोमाञ्चक हुने देखाउँछ।

Happy
Happy
29 %
Sad
Sad
0 %
Excited
Excited
29 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
43 %
Previous post मेसी प्रेरित अर्जेन्टिनाले मेक्सिकोलाई हरायो
Next post अर्जेन्टिनाका लागि मेसीले बनाए यस्तो रेडर्क
Close