
स्पेनलाई हराउँदै नकआउट पुग्ने जापानको लक्ष्य पुरा हुला ?
कतार विश्वकपको नकआउट चरण पुग्न जापनले आज अन्तिम प्रयास गर्ने छ। पहिलो खेलमा जर्मनीमाथि सनसनीपूर्ण जित निकालेको जापाले आज समूहको अन्तिम खेलमा स्पेनको सामना गर्दै छ।
खेल खलिफा इन्टरनेशल स्टेडियममा राति १२ः४५ मा सुरु हुनेछ। स्पेनलाई हराउन सके जापान समूह विजेताका रुपमा नकआउट पुग्ने छ। बराबरीले उसको सम्भावना रहन्छ, तर त्यसका लागि जर्मनी र कोस्टारिकाको खेलमा भरपर्छ।
स्पेनको लागि जापानसँग जित वा बराबरीले अन्तिम १६ मा स्थान बन्नेछ । जापानलाई पराजित गरेमा स्पेन समूह विजेता नै बन्नेछ । जापानसँग पराजित भए पनि स्पेन अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ । त्यसका लागि जर्मनी र कोस्टारिकाले बराबरी खेल्नुपर्छ कि जर्मनीले हार टार्नुपर्छ । जापानसँग हार बेहोरेको र कोस्टारिकाले जर्मनीलाई हराएको स्थितिमा स्पेन आउट हुनेछ ।
जापानले विश्वकप २०२२ मा बिहीबार स्पेनको सामना गर्दा एक अर्को अप्रत्यासित नतिजाको खोजीमा हुनेछ । तर जापानका लागि यो सजिलो खेल भने रहने छैन, किनभने जर्मनीलाई हराएको खुसी साट्न नपाउँदै आफैं कोस्टारिकाको हातबाट १–० को स्तब्धपूर्ण नतिजा बेहोर्न बाध्य भएको थियो ।
प्रशिक्षक हाजिमे मोरियासुलाई राम्रोसँग थाहा छ, स्पेनले बुन्ने आक्रामण कति धेरै डरलाग्दो हुनसक्छ भनेर । उनी आफ्ना खेलाडी यही स्पेनविरुद्ध आश्चर्यजनक जित निकाल्न सक्षम हुने मान्छन् ।
चोटका कारण जापानले प्रभावशाली मध्यपंक्ति खेलाडी वातारु एन्डो खेल्ने छैनन् । कोस्टारिकाविरुद्धको खेल गुमाएका हिरोकी सकाइ भने स्पेनको सामना गर्न तयार हुन सक्छन् । स्पेनलाई साँच्चै हराउन सके त्यो जापानी फुटबल इतिहासकै सबैभन्दा ठूलो नतिजा हुनेछ।