अपराजित मोरक्को बलियो स्पेनसँग खेल्दै, को अगाडि बढ्ला ?

Read Time:2 Minute

कतार विश्वकपमा आजबाट अन्तिम १६को खेल सकिँदै छन्। अन्तिम १६को अन्तिम दिन दुई खेल हुनेछन्, आजको पहिलो खेलमा प्रतियोगितामा अपरािजत रहेको मोरक्कोले बलियो स्पनेको सामाना गर्दैछ।

यो खेल आज राति ८ः४५ बजे एजुकेशन सिटी स्टेडियममा हुनेछ। मोरक्को समूह एफमा अपराजित रहँदै समूह विजेताका रुपमा अन्तिम १६ पुगेको हो भने स्पेन समूहको उपविजेताका रुपमा नकआउट पुगेको हो।

समूह चरणमा उत्कृष्ट खेल पस्किएको मोरक्को सोही लयलाई कायम राख्दै स्पेनविरुद्ध खेल्न चाहन्छ। र, स्पेनलाई हराउँदै पहिलो पटक विश्वपको क्वार्टरफाइनलमा पुग्ने दाउमा छ।

उसका लागि स्ट्राकर हाकिमी जियाच, युसुफा अल नासरी, अचरफ हामिकी महत्वपूर्ण खेलाडिका रहनेछन्। यसअघि १९८६मा अन्तिम १६ पुगेको मोरक्को सो बेला जर्मनीसँग १–०ले पराजित भएको थियो।

सन् २०१०मा च्याम्पियन बनेको स्पेन त्यसपछि पहिलो पटक सोही लयमा देखिएको छ। २०१४ र २०१८मा कमजोर प्रदर्शन गरेको स्पेन लुइस एनरिकेको प्रशिक्षमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। समूहको अन्तिम खेलमा जापानसँग अप्रत्यासित रुपमा पराजित भएपनि पूर्णरुपमा बल नियन्त्रणमा लिँदै विपक्षीलाई दबाब दिने उसको शैली निकै डरलाग्दो छ।

उसका लागि सबैभन्दा महत्वपूर्ण गोलकपिर उनाई सिमोन हुनेछन्। उनैलाई केन्द्रमा राखेर प्रशिक्षक एनरिकेले योजना बनाएका छन्। यस्तै, डिफेन्समा रोड्रि र एमेरिक लोपोर्ट, मिडफिल्डमा गाभी र पेड्री तथा स्ट्राइकिङमा अल्भारो मोराका उसका मुख्य हतियार हुन्।

विश्वकपमा मोरक्को र स्पेनको यो दोस्रो भेट हो । यसअघि यी रुस विश्वकपको समूह चरणमा भिडेको थिए। सो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । समग्रमा भने यी दुई टिम तीन पटक भिडेका छन्, जसमा २ खेल स्पेनलृ जित्दा १ खेल बराबरीमा सकिएको छ।

Happy
Happy
14 %
Sad
Sad
0 %
Excited
Excited
43 %
Sleepy
Sleepy
0 %
Angry
Angry
14 %
Surprise
Surprise
29 %
Previous post विश्वकपमा ब्राजिलले बनायो नयाँ कीर्तिमान
Next post भिनिसियसले भने– पेलेका लागि च्याम्पियन बन्न चाहन्छाैं
Close