विश्वकप नसकिँदै भत्काइँदै रंगशाला

Read Time:2 Minute

कतारमा २२औं संस्करणको फिफा विश्वकप जारी छ । विश्वकपमा अझै ५ खेल बाँकी छ । तर, प्रतियोगिता नसकिँदै विश्वकपमा लागि बनाएका रंगशाला भने भत्काउन थालिउको छ।

कतारले दोहाको रस अबु अबाउदमा विश्वकपका लागि बनाएको स्टेडियम ९७४ भत्काउन थालेको हो। सिपिङ कन्टेरहरु प्रयोग गरेर यो रंगशालामा निर्माण गरिएकाले विश्वकप नसकिँदै रंग्शालामा भत्काउन थालिएको हो।

यो रंगशाला निर्माणमा ९७४ सिपिङ कन्टेनरहरू प्रयोग गरिएको थियो । यहाँ विश्वकपका ७ खेल सञ्चालन भएका थिए। अन्तिम १६को ब्राजिल र दक्षिण कोरिया बीचको खेलपछि यो रंगशाला भत्काउन थालिएको हो ।

स्टेडियम ९७४ मा समूह चरणअन्तर्गत पोल्यान्ड र मेक्सिकोबीच पहिलो खेल आयोजना भएको थियो। पुनःप्रयोग गर्न मिल्ने कन्टेनरहरूबाट निर्माण गरिएको यो रंगशाला भत्काएर कन्टेनरहरूलाई विभिन्न राष्ट्रमा पठाइने जनाइएको छ।

सन् २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि १२ वटा रंगशाला बनाउने योजना भएको कतारले कोरोना महामारीलगायतका कारणले आठ वटा मात्रै रंगशाला तयार गरेको थियो। जसमध्ये सात वटा रंगशाला नयाँ बनाएको थियो भने खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने पुनर्निर्माण गरिएको थियो।

कतारका अनुसार लुसेल रंगशाला अब विद्यालय र सपिङ मलमा परिणत गरिने छ। अल बायत रंगशाला भने पाँच तारे होटलमा परिणत हुनेछ। दुई वटा रंगशाला भने स्थानीय क्लबहरूले प्रयोग गर्ने भएका छन्।

अहमद अली बिन रंगशाला अल रेबान क्लब र अल जानोब रंगशालाको स्वामित्व अल वाहराहले लिनेछ। खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने कतारी फुटबल संघले आफ्नो स्वमित्वमा लिनेछ। यस बाहेक केही रंगशाला भने सन् २०२४ मा हुने एसियन कपका लागि प्रयोगमा ल्याइने छ।

विश्वकप सुरु हुनुभन्दा एक महिना अघि मात्रै कतारले एसिया कप आयोजनाको जिम्मेवारी पाएको थियो। यसअघि चीनले आयोजना गर्ने तय भए पनि कोरोना महामारीका कारण कतारलाई जिम्मेवारी दिएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
83 %
Surprise
Surprise
0 %
Previous post फाइनल पुग्ने पहिलो टिम को बन्ला अर्जेन्टिना या क्रोएसिया ?
Next post अर्को कीर्तिमान नजिक मेसी
Close