
फ्रान्सलाई हराउँदा पनि नकआउट पुग्न सकेन ट्युनिसिया
डिफेन्डिङ च्याम्पियन फ्रान्स समूह चरणको अन्तिम खेलमा पराजित भएको छ । बुधाबार राति भएको खेलमा फ्रान्स ट्युनिसियासँग १(०ले पराजित भयो।
तर, यो पराजयल समूहको समीकरणमा कुनै असर गरेन्। फ्रान्स समूह डीबाट समूह विजेताकै रुपमा नकआउट चरण पुग्यो। ऊ ट्युनिसियासँगको खेल अघि नै नकआउट पुगिसकेको थियो।
अब उसले नकआउटमा समूह सीको उपविजेतासँग खेल्नेछ। यता, फ्रान्सलाई हराएपछि ट्युनिसिया नकआउट चरण पुग्न सकेन। चार अंक जोडेको उ तेस्रो बन्यो।

फ्रान्सविरुद्ध ट्युनिसियालाई जित दिलाउन वाहबी खाज्रीले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खाज्रीले ५८औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा ट्युनिसिया विजयी भयो।
ट्युनिसियाविरुद्धको खेलमा फ्रान्सले लाइनअपमा व्यापक परिवर्तन गरेको थियो। उसले किलियन एम्बाप्पे, एन्टोइन ग्रिजमन, ओलिभर जिरुड, एड्रियन राबिओट, उसमान डेम्बेलेलाई बेन्चमा राखको थियो।