घानालाई हराए पनि बाहिरियो उरुग्वे

Read Time:1 Minute

उरुग्वे कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा घानामाथि २-०को जित निकाल्दा पनि उरुग्वे नअकाउट पुग्न असफल भएको हो।

समूह जीमा १ जित र १ बराबरीसहित उरुग्वेले ४ अंक जोड्यो। तर, चार अंक नै जोडेको दक्षिण कोरियासँग गोलअन्तर पनि बराबरी भएपछि फेयर प्लेमा पछि पर्दै ऊ समूह चरणबाटै बाहिरियो।

यो समूहबाट पोर्चुगल समूह विजेता र दक्षिण कोरिया उपविजेताका रुपमा नकआउट पुगे। ३ अंक जोडेको घाना पुछारमा रह्यो।

घानाविरुद्ध उरुग्वेलाई जित दिलाउन जर्जियन डे अराकास्टाले दुई गोल गरे। उनले खेलको २६औं र ३२औं मिनेटमा गोल गरेका थिए। त्यसअघि घानाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । २१औं मिनेटमा प्राप्त पेनाल्टीमा उसका आन्द्र अयु गोल गर्न चुके।

पहिलो हाफमा २ गोलको अग्रता लिएको उरुग्वेले गोलका थुप्रै प्रयास गरेपछि गोल हुन सकेन । समूह चरणबाटै बाहिरियो।

यो पराजयसँगै लुइस सुआरेज, इडिन्सन काभानी, डिएगो गोडिनको विश्वकप यात्रा सकिएको छ। यी खेलाडी पछिल्लो दशक उरुग्वेले पाएका सर्वोत्कृष्ट खेलाडी हुन्।

Happy
Happy
20 %
Sad
Sad
40 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
40 %
Previous post बहादुरीपूर्ण प्रदर्शनसँगै दक्षिण कोरिया नकआउटमा, पोर्चुगल २-१ले पराजित
Next post ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकन टिम बन्यो क्यामरुन
Close