
भिनिसियसले भने– पेलेका लागि च्याम्पियन बन्न चाहन्छाैं
तीन पटकका विश्वकप विजेता महान फुटलब पेले क्यान्सरसँग जुधिरहेका छन् । स्वस्थ्य जटिल बनेपछि केही साता यता ८३ वर्षी पेले अस्पतालमा उपचाररथ छन् ।
तर, स्वास्थ्यमा केही सुधार आएपछि पेलेले अस्पतालको बेडमै ब्राजिल र दक्षिण कोरियाबीचको खेल हेरे। खेल ब्राजिलले ४–१ले जित्यो। खेलपछि ब्राजिलका सबै खेलाडीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
कोरियाविरुद्ध ब्राजिललाई सुरुआती अग्रता दिलाएका युवा स्ट्राइकर भनिसियस जुनियर पनि पेलेको स्वस्थ्य लाभको कामना गरे। उनको फोटो अंकित ब्यानर प्रदर्शन गरे।
कोरियाविरुद्धको खेलपछि प्रतिक्रिया दिँदै उनले ब्राजिलको यो जित पेलेकै लागि भएको बताए। ‘म पेलेलाई यहीँबाट अंगालो भरीको माया पठाउन चाहन्छ, यो जित उनैका लागि हो,’ विश्वकपमा गोलको खाता खोलेका २२ स्टार भिनिसियसले भने।
‘मलाई विश्वास छ, सबैथोक राम्रो हुनेछ,’ उनले भने, ‘यदि उनी यो जटिल अवस्थालाई परास्त गर्न सक्छन् भने हामी उनका लागि च्याम्पियन बन्छौं।’
यो सिजन उत्कृष्ट फर्ममा रहेका रियल मड्रिड स्टार भिनिसियसले विश्वकपका ३ खेलमा १ गोल २ असिस्ट गरेका छन्। रियलका लागि भने उनले यो सिजन २१ खेलमा १० गोल गरिसकेका छन्।