कसले जित्ला गोल्डेन बुट मेसी र एम्बाप्पे ? (भिडियाे)

Read Time:2 Minute

कतार विश्वकपमा अब दुई खेल मात्र बाँकी छ। विश्वकपको २२औं संस्करण कतारमा आइतबार राति हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनलसँगै सकिने छ।

प्रतियोगिता अन्त्यतिर आइपुग्दा विश्वकपको गोल्डेन बुट कस्ले जित्छ भन्ने चासो सबैमा छन्। गोल्डेन बुटको दौडमा फाइनलिस्ट टिम अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका किलियन एम्बाप्पे अगाडि छन्।

दुवैले आफ्नो टिमलाई फाइनल पु¥याउन उत्कृष्ट प्रदर्शन गर्दैै ५ गोल गरेका छन्। मेसीले समूह चरणमा २ र नकआउट चरणमा ३ गोल गरेका छन् भने र एम्बाप्पे समूह चरणमा ३ र नकआउटमा २ गोल गरेका छन्।

मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिकोविरुद्ध गोल गरेका छन्। यता, उनले नकआउटका तीनै खेलमा गोल गरेका छन् । त्यसमध्ये उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र सेमिफाइनलमा क्रोएसियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए।

यता, एम्बाप्पेले समूह चरणमा अस्ट्रेलियाविरुद्ध १ गोल गरेका थिए भने डेनमार्कविरुद्ध २ गोल गरेका छन्। यस्तै, उनले नकआउटमा पोल्यान्डविरुद्ध २ गोल गरेका थिए। क्वार्टरफाइनल र फाइनलमा उनी गोल गर्न असफल भएका छन्।

यदि यी दुवैले फाइनलमा गोल गर्न असफल भए गोल्डेन बुट मेसीले जित्नेछन्। उनी असिस्टमा एम्बाप्पे भन्दा अगाडि छन् । मेसीले ३ र एम्बाप्पेले २ असिस्ट गरेका छन्।

यस्तै, यी दुईलाई गोल्डने बुट रेसमा अर्जेन्टिनामा जुलियन अल्भारेस र फ्रान्सका ओलिभर जिरुगडले पनि पछ्याइरहेका छन्। यी दुवैले समान ४ गोल गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसीका लागि विश्वकप जित्न चाहन्छ अर्जेन्टिनी टिम
Next post कतार विश्वकप विजेताले पाउनेछ ५ अर्ब बढी पुरस्कार, अन्यले कति पाउँछन्?
Close