समूह डीबाट फ्रान्ससँगै को पुग्ला नकआउट, अस्ट्रेलिया, डेनमार्क की ट्युनिसिया ?

Read Time:2 Minute

कतारमा जारी विश्वकपमो समूह डीबाट नकआउट पुग्ने एक टिमको टुंगो आज लाग्दैछ। फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया यो समूहका खेल आज राति ८ः४५ बजे हुने छ।

यसअघि नै नकआउट पुगिसकेको फ्रान्सले ट्युनिसियाको सामान गर्ने छ भने अस्ट्रेलिया र डेनमार्क आमने सामने हुने छन्।

आजको दुई खेल अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियाका लागि महत्वपूर्ण छ। यी मध्ये एक टिम नकआउट चरणमा पुग्ने भएकाले यी टिमका लागि आजाको खेल महत्वपूर्ण छ।

अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये अस्ट्रेलिया केही सहज अवस्थामा छ। उसले समूहमा ३ अंक जोडेको नकआउट पुग्न उसलाई बराबरी नै काफी हुनसक्छ। तर, डेनमार्क र ट्युनिसियालाई जित नै चाहिन्छ ।

डेनमार्कविरुद्ध जित निकाल्दा अस्ट्रेलिया स्वतः नकआउट पुग्छ भने बराबरी हुँदा अर्को खेलमा फ्रान्सले ट्युनिसयासँग कम्तिमा बराबरी खेल्नुपर्ने हुन्छ । डेनमार्क नकआउट पुग्न उसले अस्ट्रेलियालाई हराउनु पर्ने छ भने फ्रान्सले ट्युनिसयासँग कम्तिमा बराबरी खेल्नुपर्ने हुन्छ।

यता, ट्युनिसिया भने कठीन अवस्थामा छ। नकआउट पुग्न उसले उपाधि दाबेदार फ्रान्सलाई हराउनु पर्ने छ र अस्ट्रेलियाको हारको कामना गर्ने छ।

यो समूहमा फ्रान्सले अस्ट्रेलियामाथि ४–१ र डेनमार्कमाथि २–१ जित निकालेको थियो । यता, अस्ट्रेलिया फ्रान्ससँग पारजित हुँदा ट्युनिसियालाई १–०ले हराएको थियो । ट्युनिसिया र डेनमर्कबीचको खेल बारबरीमा सकिएको छ। ६ अंकसहित फ्रान्स शीर्ष स्थानम रहँदा ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो र समान १ अंक जोडेको डेनमार्क र ट्युनिसिया तेस्रो र चौथो स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसीको अर्जेन्टिना लेवान्डोस्कीको पोल्यान्डसँग भिड्दै, को पुग्ला नकआउट ?
Next post सोमपाल सन्दीपले सुधारे वरियता, आसिफ र रोहितको यथावत
Close