
विश्वकपमा आजबाट क्वार्टरफाइलनका खेल, पहिलो दिन ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड् भिड्दै
Read Time:1 Minute
कतारमा जारी २२औं संस्करणको विश्वकपमा आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। आज दुई खेल हुनेछन्।
जसमा राति ८ः४५ बजे पाँच पटकको च्याम्पियन ब्राजिलले गत संस्करणको उपविजेता क्रोएसिया भीड्दै छन्। यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। ब्राजिल दक्षिण कोरियामाथि ४–१को जित निकाल्दै अन्तिम ८ पुगेको हो भने क्रोएसियाले अर्को एसिन देश जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो।
यस्तै, अर्को खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामाना गर्ने छ। यो खेल राति १२ः४५ बजे लुसेल आइकोनिक स्टेडियममा हुनेछ। यता, क्वार्टफाइनलको यात्रा तय गर्नेमा अर्जेन्टिनाले अस्ट्रेलियाको चुनौती २–१ले पन्छाएको थियो भने नेदरल्यान्ड्सले अमेरिकामाथि ३–१को जित निकालेको थियो।
यस्तै शनिबार हुने दुई खेलमा इंग्ल्यान्ड र फ्रान्स तथा पोर्चुग्ल र मोरक्को भीड्ने छन्।